मैले अर्को ब्लग चलाउन शुरु गरेको छु । अव देखि यो ब्लगमा http://sitamademba.blogspot.com/ मेरो लेखहरु अनुभवहरु प्रकाशन गर्ने छु । मेरो अनुभपहरु पढेर सहयोग गर्नु भएकोमा धेरै धेरै धन्यवात ।
बाटो हेर्दा हेर्दा आखामा हावा पसिसक्यो ।
बिहान चाडै निन्द्राले छोड्यो । मन मेरो फुरुङग थियो । तुम्मा (आमाको दिदी ) र दिदी वहिनी अनी दाजु भाइसग भेट हुने भो भनेर मनभित्र एक किसिमको आनन्द महसुस भइरहेको थियो । कोठामा बस्ने साथी रुमी लस्करलाइ पनि म एकदमै खुशी भएको बताए । त्यतिकैमा मेरो मोबाइलको घन्टी बज्यो । नभन्दै अमृत दाइको फोन थियो । उहाले म लिन आउदिन सन्तोस लिन आउछ है भन्नु भो । मैलै म सन्तोसलाइ चिन्दिन भने । दाइसग बोल्दा बोल्दै सन्तोस भाइले दिदी म चिन्छु नी भनेर चिच्यायो । मैले त्यो आवाज मोवाइल मार्फत सुने । हुन्छ भने मैले पनि । दाजु र भाइहरुले मलाइ केही असाममा वस्नु पर्छ है भनेकाले मैले नेपाल फर्कने रेलको टिकट रद्ध गर्न लगाए । म सगै जाने अन्य सदस्यहरुले ल है बधाइ छ । आफन्तसग भेटघाट भयो । राम्ररी पछी फर्कनु भन्दै बधाइ दिए ।
फर्कने समय बाकी रहेकाले चिया नास्ता खाएर हामी समुह नै डिगबोइमा घुम्न जाने भयौ । डिगबोइमा प्रेट्रोलीम पर्दार्थको ठुलो रिफाइनरी रहेछ । Read the rest of this entry
भेटने मिठो आसा लिएर निदाए ।
असामको एक कार्यक्रमा सहभागिता जनाउनका लागि निम्तो आयो । कलकत्तामा रहेका साहित्यकार सुरेन्द्र प्रदेशीले फोनबाट निम्तो गरे । निम्तोसगै मैले मेरो तुम्मालाइ झट्ट सम्झे । जाने दिन नजिक आउदै थियो । मेरी आमालाइ असाम जान लागेको खवर सुनाए । त्यो खबरसगै आमाले तुम्मालाइ पनि खोज है भन्नुभयो । मवली बाजे रोजगारको शिलशिलामा असाम जानुभएको थियो । मलाइ त याद पनि छैन । बोजुले बाजेको कुरा बारम्बार सुनाउनु हुन्थ्यो । अनी त्यसबाट बल्ल मैले थाहा पाएकी थिए । असाम आवत जावत हुदा हुदै तुम्माको बिबाह असाममा भएको रहेछ । बाजेको मृत्युसगै हाम्रो परिवार वीचको भेटघाट निक्कै पातलिदै गयो । अझ मावली बोजुको मृत्यु पछि त हाम्रो भेट हुनै छाड्यो ।
Read the rest of this entryकसको साथमा छ समाज ।
“मुसलानको नानी भन्छन । उ कर्काको देशवाट बोकेर ल्याको बाटोभरी नचाएर हिड्छे भन्छन । कति भन्छन भन्छन । सहनु परो नी । बाच्नु परेको छ । खै मर्न पनि सकिदो रहेनछ त के गर्नु ।”
लामो भलाकुसारी पछी देवीमायाको यसो भन्दा मेरो आखाका डिलमा आसु पुग्यो । आखा झिमिक्क नगरी भित्र भित्रै आसुलाइ लुकाए । किनकी उनको कमजोर मनलाइ मेरो आसुले अझ कमजोर वनाउछ भन्ने लाग्यो । हुन त मैले नै उनको जिवनमा आइपरेको घटनाका बिषयमा विभिन्न प्रश्न गरी जबाफ खोतलीरहेकी थिए । तर पनि कता कता धक फुकालेर प्रश्न गर्न सकेकी थिइन । किनकी मेरा प्रश्नले अझ उनको सुक्न लागेको घाउ आलो वनाउन बल दिन्थ्यो । उनी पनि केही हुन्छ कि वच्चाको उपचारका लागि सहयोग पो मिलिहाल्छ की भन्ने आसा लिएर नधकाइ प्रश्नको जवाफ दिइरहेकी थीइन । हुन पनि उनी खुलेर समाजमा हिड्न सक्छिन न त कसैलाइ सहयोगको आग्रह नै गर्न सक्छिन ।
पौरखी नेपालकी सारदा मास्केले देवीमायाको घर सम्म पुग्न सहयोग गरिन । उनको घरमा हामी पुग्दा देवी माया भरखर मेलोबाट घर आइकी थीइन । उनले लगाएको कुर्ता सुरुवालमा कुरै कुरो टासीएको थियो । खुट्टामा माटै माटो थियो । कम्मरमा नानी च्यापेर नमस्ते गरिन । हामीलाइ वस्न आग्रह गदै थात्रो मुढा हाम्रो अगाडि राखिन । उनको घर सुनसान थियो । उनी वस्ने कोठामा एउटा रातो साडि झुन्डीएको थियो । खाटमा पुराना लुगाहरु थिए । घर हेर्दा कोही मान्छे वस्छन जस्तो लाग्दैन थियो । Read the rest of this entry
पुर्वी पहाडि जिल्लामा भुकम्पको प्रभाव
भुकम्पले घर भत्किए पछि खेजेनिमका मकरध्वज पतंवा ओडारमा वसेका छन । परिवार सहित २ महिना देखि उनी सुङजा ओडारमा वसीरहेका हुन । घर वनाउन नसकेपछि मकरध्वजले ओडारको वास रोज्नु परेको हो ।
भुकम्पको कम्पनले घर लड्यो । पैसाको जोहो नहुन्जेल सम्म ओडारलाइ वासको भाटाले वारेरका छन । तमर खेलाको छेउमा ओडार छ । खोलाको सिरेटो सिधै उनी वसेको ओडारमा लाग्ने हुनाले चिसो हुने उनको भनाइ छ । जाडो याम लाग्यो । उनीसग तातो लगाउने लुगा र ओड्ने ओछ्याउने छैन । ओडार सागुरो भएकाले रातमा सुत्न मुश्किलले मात्र अड्छ । साना छोरा छोरीहरु ओडारवाट लड्छन कि भन्ने पिर छ । श्रीमति जोगमायाले ति छोराछोरीलाइ दिनभरी गोठला गदै ठिक्क हुन्छ । त्यहावाट लडियो भने सिधै तमोर खोलामा पुगिन्छ । पानि परि हाल्यो भने सवै भिजिने पिर छ उनीहरुलाइ । Read the rest of this entry
धान नाच्दै रात कटाउदा
बत्तीसै दन्तको हायेङ हा
मेल्ले मै दुखि ताजेङ हा
फिर्केनी धागो केसुङ तेरुङ
मेल्ले मै ताजेङ केसुङ तेरुङ
हरियो बियु से सोल्टी ज्यु से ।
( यो दुखि मनका कुराहरु सोल्टीनीको सामु शुरु गर्न अनुमति चाहान्छु । )
भत्तपुरका शिव कुमार सम्वाहाङफेले यसरी पालम गाउदै धान नाच शुरु गरे । दाउरा सुरुवालमा सजिएका शिव कुमार र कविराज आङदेम्बेको वीचमा कलेजो रंगको ढाकाको सल घुम्लुङग ओडेकी गिता लिम्बु थिइन । तीनै जना हात समाएर पालामको तालमा घरी दाहिने खुट्टा उचाल्थे भने घरी देब्रे खुट्टा उचाल्थे । पालामको एक सेर सगै घरी अघि घरी पछि फर्कन्थे । उनीहरुको यो धान नाच हेर्न र पालाम सुन्नेको भिड नै लागेको थियो । शिव कुमारको मिठो आवाज अनी तीन जनाको सालिन धान नाच्ने शैलीले मलाइ पनि तान्यो । अझ आखामा चिम्म गरेर अनुहार आकास तिर फर्कउदै तानिएको सुरिलो शिव र कविराजको आवाजमा गिताको आवाज मिसीदा आङ सिरिङग भएर आउथ्यो । धान नाच हेर्न जम्मा भएका आधा बैसेहरुले आफ्नो जवानीलाइ एक पटक सम्झे । उनीहरुको तरुनीहरुको स्वरको प्रसंसा समेत गर्न भ्याए । घर हिडन लागेकाहरु पनि धान नाच्न जोसीएर फर्के । Read the rest of this entry


