RSS Feed

शान्ति प्रक्रियाका लागि दलहरुबीच भएको सहमतिको पूर्ण विवरण ।

शान्ति प्रक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अपरिहार्य छ । यस सन्दर्भमा नेपालको शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याई संविधान निर्माण लगायतका राजनीतिक प्रक्रियाहरुलाई अगाडि बढाउनु पर्ने तथ्य प्रष्ट नै छ । अतः विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ तथा विभिन्न समयमा राजनीतिक दलहरुका बीच भएका सहमति अनुरुप शान्ति प्रक्रियाका बाँकी कामहरु तुरुन्त सम्पन्न गर्दै संविधान निर्माण र राष्ट्रिय सहमतिको राजनीतिलाई अघि बढाउन निम्नलिखित सहमति गरेका छौं ।
१. माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापना
क) शिविरमा रहेका माओवादी सेनाका लडाकुहरुको विवरण अद्यावधिक गरिने छ ।
ख) समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरुको संख्या बढीमा ६५०० (छ हजार पाँचसय) सम्म हुनेछ । समायोजन नेपाली सेना अन्तर्गत महानिर्देशनालयमा हुनेछ । त्यसमा सुरक्षा निकायबाट ६५ प्रतिशत र माओवादी सेनाका लडाकुहरुबाट ३५ प्रतिशतको संख्या रहनेछ । महानिर्देशनालयको कार्य विकास-निर्माण, बन सुरक्षा, औद्योगिक सुरक्षा र विपद् व्यवस्थापन हुनेछ ।
ग) समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरुले सम्बन्धित सुरक्षा निकायको मापदण्ड व्यक्तिगत आधारमा पूरा गर्नुपर्ने छ । तर उमेर, शिक्षा र वैवाहिक स्थितिको मापदण्डमा लचकता अपनाइने छ । माओवादी सेनाका लडाकुमा भर्ना हुँदाको मितिमा तोकिएको दर्जाका लागि शिक्षामा एक तहसम्म र उमेरमा तीन बर्षसम्मको बढी उमेरमा लचकता अप्नाइने छ । Read the rest of this entry

के हो बिपा ? सम्झौताको पुर्ण पाठ

के हो बिपा ?
बिपा (Bilateral Investment Promotion and Protection Agreement) द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण गर्ने सम्झौता हो । विश्वमा आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने होड चलेपछि लगानीकर्ताहरुलाई थप आर्कषित गर्न विकशोन्मुख मुलुकले बिपाको अवधारणा ल्याएका हुन । बिपा लागू भएपछि एउटा देशका लगानीकर्ताहरुले अर्को देशमा गएर गरेको लगानी सुरक्षित भएको प्रत्याभूत हुने गर्दछ । अर्को अर्थमा अर्को देशमा गएर गरेको लगानीलाई स्थानीय लगानीसरह सुविधा दिने गरिन्छ ।

नेपालले १९८३ मा फ्रान्ससँग, १९८६ मा जर्मनीसँग, १९९३ मा बेलायतसँग, १९९९ मा मरिसससँग र १९९९ मा फिनल्याण्डसँग विपा सम्झौतामा हस्ताक्षर गरिसकेको छ । यसको अर्थ हो यी देशबाट नेपालमा आएको लगानीको सुरक्षा प्रत्याभूत गर्ने काम सरकारको हो । नेपालले यी देशसँगै कतारसँग पनि यस्तै सम्झौता गरेको छ । तर नेपाल र कतारले कुटनीतिक नोट आदानप्रदान नगरेका कारण यो सम्झौता लागू भएको छैन । सम्झौताको आवश्यकता भए नेपाल र कतारले कुटनीतिक नोट आदानप्रदान गरेर कार्यान्वयनमा लैजान सक्छन् ।

सम्झौताको पुर्ण पाठ

धारा १ Read the rest of this entry

लेन्सको नजरमा एक दिन भेडेटार ।

बादलले छपक्कै छोपेपछि चिहाएर हेदै छ भेडेटार ।

बादलले छपक्कै छोपेपछि चिहाएर हेदै छ भेडेटार ।

अनी त्यो स्वर्गको टुक्रा भेडेटारमा उड्न मन लाग्छ ।

अनी त्यो स्वर्गको टुक्रा भेडेटारमा उड्न मन लाग्छ ।

घरी घरी पानि परेर स्वागत गर्छ भेडेटारले ।

घरी घरी पानि परेर स्वागत गर्छ भेडेटारले ।

पानि परेपछिको सुन्दरता त झन कति राम्रो यसको वयान गर्न पनि शब्द छैन ।

पानि परेपछिको सुन्दरता त झन कति राम्रो यसको वयान गर्न पनि शब्द छैन ।

[caption id="attachment_373" Read the rest of this entry

राहत कार्यक्रमको पूर्ण विवरण ।

भूमिका
शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याकउने र संविधान सभाबाट संविधान निर्माण गर्ने दुई प्रमुख कार्यभार पूरा गर्नका लागि संविधान सभाको निर्वाचन पश्चात गठन भएको यो चौथो सरकार हो। यस अवधिमा राष्ट्रिय राजनीतिले न त उपर्युक्त कार्यभार निर्वाह गर्न सक्यो न त जनजिविकाका सवालहरुमा नै यथेष्ठ ध्यान केन्द्रित गर्न सक्यो। राजनीतिक कार्यसूचीको छायाँमा जनजिविकाका सवालहरु परेकोले गर्दा जनताको जनजीवन कष्टकर हुनुको साथै जनतामा ब्यापक रुपमा निराशा, कुण्ठा तथा आक्रोस श्रृजना भई राज्य प्रतिको जनविश्वासमा ह्रास हुँदै गईरहेको अवस्था छ। यस पृष्ठभूमिमा शान्ति प्रकृया र संविधान निर्माणको अतिरिक्त जनतालाई राहत दिई राज्यप्रतिको जनविश्वास अभिबृद्धि गर्नु सरकारको अर्को महत्वपूर्ण कार्यभार भएकोले नेपाल सरकारले यो तत्काल राहतको कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ। Read the rest of this entry

कब्जा भएको सम्पति अझै फिर्ता भएन ।

æहामीले आफ्नो सम्पति आफ्नो भन्न नी पाएनौ । माथिवाट व्यवस्था भएपछि फुकुवा गर्छौ भन्छन मुखले ठिक्क पार्छन । खान पुग्ने अन्न नी दिदैन । कुट्छकी मार्छकी भनेर डराएर हिड्नु पर्ने अवस्था छ । डराउनै पर्यौ ।Æयो सेखुवासभा जिल्लाका चैनपुर २ का रामेश्वर श्रेष्ठको आफ्नो पिडा यसरी सुनाए ।
एकिकृत नेकपा माओवादी र तत्कालिन साद दल वीच भएको १२ वुदे सम्झौतामा कब्जा गरिएका व्यात्तिगत सम्पति फिर्ता गर्ने सहमति भएको थियो । सो सम्झौता भएको छ बर्ष वितिसक्दा पनि जग्गा फिर्ता पाएका छैनन श्रेष्ठले । श्रेष्ठका अनुसार स्यावुन गाउ विकास समितिमा भएको साढे १२ सय रोपनी अलैची वारी अहिले पनि माओवादीको कब्जामा छ । सो अलैची वारीमा वर्षेनी २ सय मन भन्दा वढी अलैची उत्पादन हुन्छ । अलैचीको मुल्य गएको वर्ष ७० हजार रुपैया मन पुगेको थियो । त्यसैगरी जलजला, स्यावुन, सिद्धपोखरीमा रहेको २५ वटा खेत पनि माओवादीको कब्जामा छ । सो खेतमा वर्षेनी २ सय मुरी (विस पाथीको एक मुरी हुन्छ ) धान उत्पादन हुन्छ।
श्रेष्ठको जग्गा २०५७ साल देखि माओवादी कब्जामा रहेका छ । यसरी भएभरको जग्गा जमिन र अलैची वारी माओवादीले कब्जा गरेपछि कष्टपुर्ण जिवन विताउन परेको रामेश्वरकी श्रीमती सरस्वती श्रेष्ठले वताइन । उनले भनिन ̵ æमेरो गहनाहरु सवै वेचे । पुराना भाडाकुडा पनि वेचे । साह्रै मुस्किल पर्यो । आफुले खानै पर्यो । वाच्नै पर्यो ।Æ परारको साल डेढ महिना अलैची पाइन्छकी भनेर सरस्वती वगाउन ढुकेर वसीन । तर उनको अगाडि सवै अलैची माओवादीले हेर्दा हेदै कब्जा भएको हो भन्दै लादा उनको मन खिन्न भयो । मानवताको नाताले भएपनि अलिकति विचार गर्नु नी वावु छोरा हो भने तर उनीहरुले सुनेन् सरस्वतीले वताइन् । Read the rest of this entry

सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले व्यावस्थापिका– संसदमा गर्नु भएको सम्बोधन ।

सम्माननीय प्रधानमन्त्री डा.बाबुराम भट्टराईले २०६८ भाद्र ३० गते व्यावस्थापिका– संसदमा गर्नु भएको सम्बोधन ।
सम्माननीय सभामुख महोदय,
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रधानमन्त्रीका रुपमा सार्वभौम व्यवस्थापिका संसद समक्ष आफ्नो प्रथम सम्बोधन गर्न पाउँदा मलाई थोरै खुसी र धेरै जिम्मेवारीबोधको मिश्रित अनुभूति भईरहेको छ। इतिहासकै यस महत्तम क्षणमा सर्वप्रथम म संघीयता, गणतन्त्र, लोकतन्त्र र राष्ट्रियताका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, मधेश आन्दोलन, जनजाति आन्दोलन, थरुहट आन्दोलन, दलित आन्दोलन, पिछडा वर्ग आन्दोलन र अन्य समुदायद्वारा न्यायोचित मागका लागि भएका आन्दोलनहरुमा आत्मबलिदान गर्ने सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धान्जलि व्यक्त गर्दछु। साथै, बेपत्ता तथा घाईते योद्धाहरुप्रति उच्च सम्मान प्रकट गर्दछु। बेपत्ता पारिएका व्यक्तिका परिवारजनहरु, विस्थापित जन, अपाङ्ग, जेल तथा बन्दी जीवन बिताएकाहरुको असीमित कष्ट र पीडाप्रति सहानुभूति प्रकट गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु। ती महान् शहीद, बेपत्ता तथा घाइते योद्धाहरुको असीम त्याग र बलिदानको जगमा आज म आसीन सर्वोच्च कार्यकारी पदको कुर्ची टिकेको छ भन्ने तथ्यलाई म कहिल्यै बिर्सन सक्दिन र उहाँहरुको सपना साकार पार्न निरन्तर लागिरहने प्रतिबद्धता म यहाँ दोहोर्‍याउन चाहन्छु। Read the rest of this entry

एकीकृत नेकपा माओवादी र मधेसी मोर्चाबीचको ४ वुदे सहमति ।

शान्ति, संविधान र संयुक्त सरकार संचालनका लागि एकीकृत नेकपा माओवादी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच मुख्य तथा आधारभूत विषयहरुमा भएको सहमति :
संविधान सभा व्यवस्थापिका संसदमा नयाँ प्रधानमन्त्रीको चयनका लागि मिति २०६९ भाद्र ११ गते हुने निर्वाचनमा संयुक्त लोकतान्त्रिक मधेसि मोर्चाका सम्बद्ध दलहरुले एकीकृत नेकपा माओवादीका तर्फबाट उम्मेद्वार रहनु भएका माननीय डा. बाबुराम भट्टराईको पक्षमा मतदान गर्ने निर्णय गरेकोमा माओवादी पार्टीले यसलाई हार्दिकताका साथ स्वागत गरेको छ।
मुलुकको विद्यमान सबैभन्दा मुख्य विषय नै शान्ति प्रक्रियालाई विस्तृत शान्ति सम्झौताको मर्म अनुसार सार्थक निष्कर्षमा पुर्‍याउनु र राष्ट्रिय सहमतिका आधारमा राज्यको रुपान्तरण सहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान, संविधान सभाबाटै निर्माण गर्नु रहेकोमा हामी दुवै पक्षबीच सहमति कायम भएको छ। Read the rest of this entry

शान्ति प्रक्रिया, संविधान र सरकारबारे नेकपा(माओवादी)को प्रस्ताव ।

शान्ति प्रक्रिया, संविधान र सरकारबारे एकीकृत नेकपा(माओवादी)को प्रस्ताव एवम् प्रतिबद्धता
देशको विद्यमान राजनीतिक गतिरोध अन्त्य गर्ने तथा शान्ति र संविधान निर्माण प्रक्रियालाई निष्कर्षमा पुर्‍याउने गम्भीर जिम्मेवारीका साथ पार्टीका तर्फबाट निम्न प्रस्ताव प्रस्तुत गरिएको छ।
१. माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनर्स्थापनाबारे
क) नेपाली सेना अन्तरगत महानिर्देशनालयको गठनको मोडालिटी बनाउने।
ख) भौतिक स्वास्थ्यको मापदण्ड पुरा गर्ने र उमेर, विवाह, शिक्षा लगायतका विषयमा समायोजनको विशेष मापदण्ड अनुसार लडाकुहरु निश्चित इकाईमा समायोजन गर्ने।
ग) पार्टीको केन्द्रीय समिति जस्तो जिम्मेवार निकायमा रहेका प्रमुख कमाण्डरहरुलाई राज्यद्वारा सम्मान दिँदै र समायोजनमा नगई राजनैतिक काममा लगाउने। बाँकी कमाण्डरहरुको दर्जा मिलान (Rank Harmonization) विशेषज्ञहरुको टिमबाट एक हप्तामा सुझाव लिएर निर्धारण गर्ने। Read the rest of this entry

आपत्तिजनक अभिव्यक्ति ।

नेपालबाट प्रकाशित हुने प्रमुख नेपाली र अंग्रेजी पत्रिकाका सम्पादकहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्षका नाममा सामूहिक वक्तव्य जारी गर्दै युवा संघ अध्यक्ष महेश बस्नेतका आपत्तिजनक अभिव्यक्ति र अन्नपूर्ण पोष्टका संखुवासभा संवाददाता किशोर बुढाथोकीमाथि भएको सांघातिक हमलाको विरोध गरेका छन्।
वक्तव्यको पूर्ण विवरण-
मितिः २०६८। ०४। २९
श्री सम्माननीय प्रधानमन्त्री,
नेपाल सरकार,
सिंहदरबार, काठमाडौं।
श्री अध्यक्ष,
नेपाल कम्यूनिष्ट पार्टी (एमाले)
बल्खु काठमाडौं। Read the rest of this entry

पत्रकार खिलानाथ ढकालमाथि भएको आक्रमणको प्रारम्भीक प्रतवेदन ।

Posted on

पत्रकार खिलानाथ ढकालमाथि भएको सांघातिक आक्रमणको सम्बन्धमा स्थलगत अध्ययन तथा छानविन गर्न नेपाल पत्रकार महासंघद्धारा गठित मिडिया मिशनको प्रारम्भिक प्रतिवेदन ।

खिलानाथ ढकाल नागरिक दैनिकका विराटनगर स्थित संवाददाता हुन्। २०६८ जेठ २२ गते राती १० बजेतिर विराटनगर १५ स्थित होटल जेनियल छेउ कृष्ण पार्टि प्यालेश अगाडी सडकमा सांघातीक आक्रमण भएको हो ।
विराटनगर-१३ तीनटोलीया स्थित डेरामा रहेका पत्रकार ढकाललाई नेकपा (एमाले)को भात्तृ संगठन यूथ फोर्सका नगर अध्यक्ष रोहित कोइरालाले ‘केही जरुरी काम छ’ भनी पटक पटक फोनबाट बोलाएर अपहरणको शैलीमा मोटरसाइकलमा राखी जवरजस्ती कृष्ण पार्टि प्यालेस अगाडीको अँध्यारो र एकान्त गल्लीमा पुर्याएर ज्यान मार्नेउद्देश्यका साथ सांघातीक आक्रमण गरेको पाइयो ।
यूथ फोर्समोरङगका अध्यक्ष पर्शुराम बस्नेतको निर्देशनमा नगर अध्यक्ष कोइराला र सदस्य मनोज र्राईको प्रत्यक्ष संलग्नतामा दर्जनौं गुण्डाहरुले पत्रकार ढकालमाथि सुनियोजित आक्रमण गरेका हुन्। Read the rest of this entry

Follow

Get every new post delivered to your Inbox.