९१ लाख रकम वुझाएको भनीएकोले राता रात चर्चामा पुगेकी अनुजा वानीया अहिले भने शंकाको घेरामा परेकी छिन । उनले अहिले सम्म पनि रकम हराउने व्यात्तीको सम्पर्क नम्वर दिन सकेकी छैन । सारा पत्रपत्रिकामा समेत उनको समाचार छापीयो राष्ट्रपति डा राम वरण यादवले समेत फोन गरेर स्यावासी दिए । उनको यो विषयमा समाचार आएको मैले थाहा पाएको थीर्इन । तर जव मैले थाहा पाए त्यसवेला दुर्इ जनाले भेटेको थाहा पाए । ममता अधिकारीको फोटो थियो । फोटो छापीएकाले ममता डराएर पत्रकार सग दुर्इजनाले भेटेको अर्नतरवार्ता दिइन । ममताका अनुसार जव उनले अनुजालार्इ फोन गरेर हामी दुर्इ जना भेटेको भनेर वताउदा अनुजाले मैले मात्र भेटेको भनेर कराएपछि उनले आफु समलग्न नभएको वताएकी थीइन ।त्यसपछि ममताले अनुजालार्इ फोन गर्दा पनि नउठाएको उनले वतार्इन । ममताको बारेमा समेत अन्नपुर्णपोष्टका साथी रत्न आचार्यले स्टोरी फार्इल गरीसकेका थीए । ममताले झुट वोलेको कुरा वताएपछि समाचार रोक्न लागाए आचार्यले । म नी नवोली घरतीर लागे । अफिसको नर्देशन अनुसार मैले नी वैशाख ८ गते अनुजाको अन्तरवार्ता वीवीसी नेपाली सेवामा लिए । प्रशारण भयो । नौ गते भने पत्रपत्रिकामा अनुजा वानीया शंकाको घेरामा परेको समाचार आयो । त्यसै अनुरुप मैले नी वैशाख नौ गने पहिला ममता अधिकारीको डेरामा गए । उनलार्इ अनुजाको वारेमा सोधे । अनुजा भुल्के स्कुलमा ६ सम्म पढेकी रहेछिन । उनको वावा शिक्षक रहेछन् । ममतालार्इ अनुजाले समाचार दिएको कुरा सुनाएकी रहेछ । उनको फोटो दिएको पनि भनिछन् । तर के समाचार हो अनुजाले खोलिन । भोलीपल्ट पत्रिकामा नी समाचार आएन । तीन दिन पछि एक्कसी कान्तिपुरमा समाचार छापीदा उनी छक्क परिन । यति राम्रो काम गरेको किन नवताको भनी ममताले अनुजालार्इ भनिन् ।
अनुजा वडावाका छोरा कुमार वानीयाकोमा साढे एक महिना देखि वस्तै आएकी रहेछिन । ममतावाट थाहा पाएपछि धरान नौ वगैचा चोकमा कुमार वानीयाको घरमा नागरीकका पत्रकार रोहीतसग गए । कुमारले अनुजाको वारेमा वताए । उनी श्रीमतीसग चैत २१ गते हलेसी गएकाले अनुजा दाजुका छोरासग वसेकी थीर्इन ।
उता अनुजाले विरामी दिदिलार्इ भेट्न अनुजा २५ गते र्इटहरीवाट फर्केका वेलामा पैसाले भरीएको कालो झोला भेटेको उनले वतार्इन । फोन गरेर काठमाडौ सीता पार्इलाका पुरुसोत्तमलार्इ धरानको घन्टाघरमा रकम वुझाएको वतार्इन । तर मैले उनका दाजु कुमार वानीयालार्इ भेट्दा भने यो कुरा झुट भएको वताए । झुटो वोल्ने वहिनीको वानी भएको जानकारी दिए । यो खवरले डुनट व्यापारी दाजु पनि छक्क परेका छन् । कुमारको छिमेकी सुरेश कार्कीको पसलमा गएर समाचार छपाउन के गर्न पर्छ भनी अनुजाले सोधेको कार्कीले वताए । कार्कीले भानुचोकको एक पत्रिका पसलमा अनुजालार्इ जानु भने । अनुजा पनि त्यो पत्रिका पसलमा गएर कान्तिपुरका पत्रकार खोजीन । त्यो पसलको व्यात्तिले छाताचोकको एक पसलमा पठाए । त्यसपछि हर्ष सुब्बालार्इ अनीता कार्की नामवाट अनुजाले फोन गरिन । पटक पटक फोन गरेर समाचार छपाउन आग्रह गरिन कार्कीको पसलवाट अनुजाले हर्ष सुब्बालार्इ।
मोवार्इल भएको फोटो पुर्याउन समेत आफै गएको दिक्षा डेस्कटपकी विना दिदीले वतार्इन । छिमेकी भीमा वानीयाको श्रीमान जेल परेका रहरेछन । उनलार्इ पनि मेरो पत्रिकामा फोटो छापीएपछि म तपार्इको श्रीमानलार्इ जेलवाट निकाल्छु भनेको भीमाकी आमा चन्द्रमाया वानीयाले वतार्इन । पत्रिकामा समाचार छाप्ने वित्तकै दाजु कुमारले केरकार गर्दा रिसाउदै र्इटहरीमा विराटनगरका पत्रकारले वोलाको छ भन्दै गएपछि उनी फर्केर नआएको दाजुले वताए । छिमेकी धेरै जनाले समेत झुटो वोलेको वताए ।
कतिपयले झुट वोलेको शंका गरेका छन भने कितपयले कालोधन्दावाट कमाएको पैसा भएकाले रकमवाला नआएको अड्कल काट्छन् । उनको आफन्तको कुरा सुन्दा अनुजा झुट भएको महसुस हुन्छ । तर उनी भने झुट नभएको दावी गरीरहेकी छिन । फोन गरेनी भन्छिन । फोन नं नी दिन सकेको अवस्था छैन । उल्टो नडाराउ भनी आफन्तको हवला दिन्छिन । प्रहरीले भित्र भित्रै अनुसन्धान गरिरहेको वतार्इएको छ तर आधिकारीक पुष्टी भने भएको छैन ।
Monthly Archives: April 2011
अनुजा बानीया शंकाको घेरामा ।
यौन चाहाना मेट्ने माध्यम वनेको थिए ।
थोरै भएपनि आज भोली लाफुमाको मुहारमा हासो फर्किएको रहेछ । उसको शरिर पनि फेरीएछ । उनको हाउभाउ हेर्दा लाक्छ विगतमा उनको जिवनमा घटेको घट्ना विर्षन कोसीस गदैछिन् । म शहरमा वसेकीले उनीसग भेट नभएको पनि निक्कै बर्षभएको थियो । यसो छुट्टी मिलाएर म उनलाई भेटन भनी आठराइ गए । खोरुङवा खोलाको उकालो अनी इसिवु ओरालो र खेलपुरको उकालो हिड्दा पाईताला छुनै नहुने गरी दुखेको थियो । लुगा त पसिनाले छ्याप्पै भिजेको थियो । जसोतसो रिम रिम साझ पर्दा म लाफुमाको घर पुगे । लाफुमा पनि भरखर कोदो गोडेर घरमा आई पुगेकी रहेछिन् । लाफुमाको आमा खाना पकाउदैहुनुहन्थ्यो । बाबा बाछो लगाई सकेर दुदेरी दुध वोकेर घर तर्फआउदै हुनुहुन्थो । झिसमिसे अध्यारोमा लाफुमाको बाबा र आमाले मलाई राम्ररी ठम्याउन सक्नु भएन । म बाहिर खटियामा झोला विसाएर वसे । लाफुमाले त मलाई देख्ने वित्तिकै चिनीहालीन् । आन्ने (दिदी) सेवारो भनीन् । हामी बोलेको सुनेर लाफुमाको बा, आमा बाहिर आउनुभयो । मेलै पनि सेवारो भने उहाहरुले मन नलागी नलागि सेवारो फर्काउनु भयो । मेरो अनुहार तीर वत्ति देखाउदै को हुन् यी नानी मैले त चिनिन नी डराएको अनुहारले लाफुमालाई आमाले सोधिन् । धरानकी दिदी हो भनिन लाफुमाले । ए म त डरए नी को नया मान्छे आयो भनेर आमाले भनिन । एकछिन कुरा गरेपछि लाफुमाको आमा खुलेर वोल्नुभयो नानी मलाई त नया मान्छे आयो भने अझै पनि साह्रै डर लाग्छ । फेरी मेरी छोरीलाई हामीवाट अलग्याएर लान्छनकि भनेर । बुढेसकालको साहारा एक्लो छोरी वेपत्ता हुदाको पीडा दुवै जनाको अनुहारमा झल्कन्थ्यो। हामी गाउमा वसेका छौ । कस्तो समय आयो आयो । मनग्गे गरिखान पनि पाईदैन ।
आमा भात पस्के दिदीसग भित्र आउनु न – लाफुमाले घर भित्रवाट वोलाईन् । Read the rest of this entry
असुरक्षाको वावजुत पनि सामाजीक सदभाव भने कायमै छ ।
राजविराज उत्रने वित्तिकै सगरमाथा पान पसलको मिठो पान खार्इयो । सप्तरीका पत्रकार प्रकाश खतिवडाले पानको वखान गदै मलार्इ स्टोरी गर्न समेत आग्रह गरे । पान पसलका भार्इको सुमधुर वोली सुनेर मन भएको चिन्ता र डर पनि हट्यो । सुनेकी थीए । म जस्ता व्यात्ति मधेस गर्इयो भने राम्रो हुदैन । वास्तवमा असुरक्षा वढेको छ । तर मानिविय समवेदना र नाता त प्रगाढ नै रहेछ । मेरो मन रहेको भ्रमको पर्दा हट्यो । पानसगै सानो कटौरीमा पानवाला भार्इले नम्र वोलीमा वोल्दै मलार्इ सुपारी अनी नरिवलका टुक्रा दिए । मैले कोक किन्दै पान मिठो भएको प्रतिक्रिया दिए । अपरिचित ती भार्इले पनि मुसुक्क मुस्काएर दिदी हतार भयो । मैले पान फ्रिजमा नराखि दिए । भरै आउनु ल म फ्रिजमा राखेको पान खुवाउछु । वास्तवमा गजेन्द्रनारायण सिं चोकमा रहेको सगरमाथा पान पसल एकदमै प्रसिद्ध रहेछ । सदभावना पार्टिका संस्थापक अध्यक्ष गजेन्द्र नारायण सिं को नाममा नामाकरण गरिएको सो चोक मधेस आन्दोलन अघि त्रीभुवन चोक थियो । पछिमात्र चोकको नाम गजेन्द्रको नाममा नामाकरण गरीएको रहेछ । कार्यक्रम पुर्वेली सवाल रेकर्डका निम्ती म पनि साथीहरु सगै सप्तरीमा वढ्दो अपहरणको विषयमा रिपोर्टिङ गर्न गएको हु । छलफलको शुरुवात सगै कार्यक्रमा उपस्थीत सवैले सुरक्षा अवस्था कमजोर भएको गुनासो पोखे । एक वर्षमा २६ जना मानीस अपहरणमा परेको र्इन्सेक प्रतिनिधी प्रकास खतिवडासग तथ्याङक रहेछ । त्यसमध्ये नौ जना वालक परेका रहेछन । तर प्रहरीले भने यो आर्थिक वर्षमा १० जना अपहरणमा परेको जानकारी दिएको छ । तथ्याङक हेर्ने हो भने अवस्था पनि डर लाग्दो नै देखियो । कार्यक्रमा दुर्इहप्ता अघि मात्र अपहरणकारीको पन्जावाट छुटार्इका ७ वर्षिया आयुस शाह पनि मामासग आएका थिए । तर उनका मामा निरज शाहले भान्जा हराउदाको १ महिनाको पिडा कसरी भनु त्यो आफै अनुमान लगाउनुहोस भनी छोटो जवाफ दिए । प्रहरीले धेरै सहयोग गरेकोमा धन्यावात दिए । अरु कुरा खुलेर वताउन सकेनन् ।
जिल्ला प्रहरी कार्यलयका एसपी भोग वहादुर थापाका अनुसार पहिला शशस्त्र समुहवाट मानीसको अपहरण हुने गर्थ्यो । दुर्इ वर्ष यताको अनुसन्धानमा भने अपराधिक समुहवाट अपहरण हुने गरेको पत्ता लागेको छ । आर्थिक लाभका लागि अपहरण हुने गरेको एसपी थापाको राय छ । समाजका व्यात्तिले नै अपराधिक क्रियाकलावमा लागेका व्यात्तिलार्इ संरक्षण दिएकाले कानुन अनुसार सजाय दिन नपाएको एसपी थापाले गुनासो पोखे । फेरी त्यै व्यात्ति अर्का पटक भएको अपराधमा पक्राउ पर्ने भएकाले काम गर्न गह्रो भएको उनले वताए । उनको भनार्इलार्इ पनि स्थानीयवासीको भनार्इवाट पुष्टी भयो । कानुन वमोजिम अपराधिलार्इ प्रहरीले कार्वाही गर्न नसकेकोमा प्रहरीको मनोवल गिर्दे गएको स्थानीयवासीहरुको प्रतिक्रिया थियो । अपहरणमा परेका परिवार वोल्न सक्ने अवस्थामा छैनन् । एकै शब्द भन्छन तपार्इ स्वयंले पनि अनुभव गर्न सक्नुहुन्छ । अपहरणमा पर्ने वित्तकै परिवारका सदस्यले फिरौती तयार गर्नु पर्छ । कुनै न कुनै हिसावले फिरौती बुझाउछन् पिडित परिवारले तर यो कुरा वाहिर आउदैन् । प्रहरिले पनि फिरौती नवुझार्इ मुत्त गरेको वताउछ । मानवअधिकार कर्मि प्रकाशले वताए । हुन त सरकारले अपराध नियन्त्रणको नाममा विशेष सुरक्षा योजना ल्याएको थीयो । यो योजनाले नत्र अपराध नियन्त्रण गर्रयो नत अपहरणका घटना नै कम भए सप्तरीको सवालमा । अपहरण तथा शरिर वन्धक महल अनुसार अपहरण गर्ने र सहयोग गर्नेलार्इ ७ दिख १५ वर्ष कैद र ५० हजार देखि २ लाख जरिवाना तोकिएको छ । सामुहिक रुपमा अपहरण गर्नेहरुलार्इ पुन थप दुर्इ वर्ष कैदको व्यावस्था छ । राजनैतिक संरक्षण भएकाले कानुन कागजमा मात्र सिमित रहेको एसपी थापाको गुनासो थियो । चार वर्ष अघि अपहरणमा परेका भारदहका कृष्ण देव विश्वास राजविराजका राज कुमार तामाङ र वरही जितपुरका उमेश रायको अवस्था अहिले सम्म परिवारलार्इ थाहा छैन ।
तर असुरक्षाको वावजुत पनि सामाजीक सदभाव भने कायमै रहेछ । जति चर्चामा आएजति साम्प्रदायीकताको भावना छैन मधेसी र पहाडीमा । यथार्थ वास्तवमा अर्कै रहेछ । सहायक प्रमुख जिल्ला अधिकारी होम बहादुर खड्काले सुनेको भन्दा मधेसको अवस्थाको वास्तविकता अर्कै भएको वताए । अढार्इ वर्ष अघि उनी पनि सरुवा भएर सप्तरी आउन मानेका थिएनन् । सर्लाहीवाट जवरजस्ती उनलार्इ सप्तरीमा पठार्इएको थिए छ। तर सप्तरी आउदा सामाजीक सदभाव भने राम्रो पाएको वताए । पहिचानको आन्दोलन गलत व्याख्खा गरिएको कारण यस्तो हल्ला वाहिर चलेको कतिपयको विश्लेषण थियो । तर त्यसलार्इ गलत व्याख्खा गर्ने देखि सावधान हुन जरुरी छ । कार्यक्रममा उपस्थितहरुको राय पनि यस्तै थियो ।
फेरी पानको कुरा जोडौ । मैले पान खाएको देखेर कतिपय त छक्क परे । किन हो त्यो चाही थाहा भएन । सप्तकोशी एफ एम र मकालु टेलिभिजनका साथीहरु पनि कार्यक्रम रेकर्ड सकिने वित्तकै सगरमाथा पान पसलमा कुदेर पुगेछन्। पान चवाउदै मलार्इ पनि पान राखि दे को छ जाउ भनी साथी सुमन पुरीले भनेपछि म पान पसल पुगे । फ्रिज गरेको पान खाए । मिठो थियो । त्यो स्वाद मेरो जिव्रोमा झुण्डिएको छ । सधैभरी यो मिठो पानको स्वाद जस्तै सामाजीक सदभाव कायम होस । नकरात्मक भावनाहरुलार्इ मानवियताको सार्इनोसग जोडेर सयौ थुगा फुलका हामी एउटै माला नेपाली भर्इ जिउन सकु । जय नेपाल ।।
