भूमिका
शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याकउने र संविधान सभाबाट संविधान निर्माण गर्ने दुई प्रमुख कार्यभार पूरा गर्नका लागि संविधान सभाको निर्वाचन पश्चात गठन भएको यो चौथो सरकार हो। यस अवधिमा राष्ट्रिय राजनीतिले न त उपर्युक्त कार्यभार निर्वाह गर्न सक्यो न त जनजिविकाका सवालहरुमा नै यथेष्ठ ध्यान केन्द्रित गर्न सक्यो। राजनीतिक कार्यसूचीको छायाँमा जनजिविकाका सवालहरु परेकोले गर्दा जनताको जनजीवन कष्टकर हुनुको साथै जनतामा ब्यापक रुपमा निराशा, कुण्ठा तथा आक्रोस श्रृजना भई राज्य प्रतिको जनविश्वासमा ह्रास हुँदै गईरहेको अवस्था छ। यस पृष्ठभूमिमा शान्ति प्रकृया र संविधान निर्माणको अतिरिक्त जनतालाई राहत दिई राज्यप्रतिको जनविश्वास अभिबृद्धि गर्नु सरकारको अर्को महत्वपूर्ण कार्यभार भएकोले नेपाल सरकारले यो तत्काल राहतको कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ। Read the rest of this entry
Daily Archives: October 15, 2011
राहत कार्यक्रमको पूर्ण विवरण ।
कब्जा भएको सम्पति अझै फिर्ता भएन ।
æहामीले आफ्नो सम्पति आफ्नो भन्न नी पाएनौ । माथिवाट व्यवस्था भएपछि फुकुवा गर्छौ भन्छन मुखले ठिक्क पार्छन । खान पुग्ने अन्न नी दिदैन । कुट्छकी मार्छकी भनेर डराएर हिड्नु पर्ने अवस्था छ । डराउनै पर्यौ ।Æयो सेखुवासभा जिल्लाका चैनपुर २ का रामेश्वर श्रेष्ठको आफ्नो पिडा यसरी सुनाए ।
एकिकृत नेकपा माओवादी र तत्कालिन साद दल वीच भएको १२ वुदे सम्झौतामा कब्जा गरिएका व्यात्तिगत सम्पति फिर्ता गर्ने सहमति भएको थियो । सो सम्झौता भएको छ बर्ष वितिसक्दा पनि जग्गा फिर्ता पाएका छैनन श्रेष्ठले । श्रेष्ठका अनुसार स्यावुन गाउ विकास समितिमा भएको साढे १२ सय रोपनी अलैची वारी अहिले पनि माओवादीको कब्जामा छ । सो अलैची वारीमा वर्षेनी २ सय मन भन्दा वढी अलैची उत्पादन हुन्छ । अलैचीको मुल्य गएको वर्ष ७० हजार रुपैया मन पुगेको थियो । त्यसैगरी जलजला, स्यावुन, सिद्धपोखरीमा रहेको २५ वटा खेत पनि माओवादीको कब्जामा छ । सो खेतमा वर्षेनी २ सय मुरी (विस पाथीको एक मुरी हुन्छ ) धान उत्पादन हुन्छ।
श्रेष्ठको जग्गा २०५७ साल देखि माओवादी कब्जामा रहेका छ । यसरी भएभरको जग्गा जमिन र अलैची वारी माओवादीले कब्जा गरेपछि कष्टपुर्ण जिवन विताउन परेको रामेश्वरकी श्रीमती सरस्वती श्रेष्ठले वताइन । उनले भनिन ̵ æमेरो गहनाहरु सवै वेचे । पुराना भाडाकुडा पनि वेचे । साह्रै मुस्किल पर्यो । आफुले खानै पर्यो । वाच्नै पर्यो ।Æ परारको साल डेढ महिना अलैची पाइन्छकी भनेर सरस्वती वगाउन ढुकेर वसीन । तर उनको अगाडि सवै अलैची माओवादीले हेर्दा हेदै कब्जा भएको हो भन्दै लादा उनको मन खिन्न भयो । मानवताको नाताले भएपनि अलिकति विचार गर्नु नी वावु छोरा हो भने तर उनीहरुले सुनेन् सरस्वतीले वताइन् । Read the rest of this entry
