æहामीले आफ्नो सम्पति आफ्नो भन्न नी पाएनौ । माथिवाट व्यवस्था भएपछि फुकुवा गर्छौ भन्छन मुखले ठिक्क पार्छन । खान पुग्ने अन्न नी दिदैन । कुट्छकी मार्छकी भनेर डराएर हिड्नु पर्ने अवस्था छ । डराउनै पर्यौ ।Æयो सेखुवासभा जिल्लाका चैनपुर २ का रामेश्वर श्रेष्ठको आफ्नो पिडा यसरी सुनाए ।
एकिकृत नेकपा माओवादी र तत्कालिन साद दल वीच भएको १२ वुदे सम्झौतामा कब्जा गरिएका व्यात्तिगत सम्पति फिर्ता गर्ने सहमति भएको थियो । सो सम्झौता भएको छ बर्ष वितिसक्दा पनि जग्गा फिर्ता पाएका छैनन श्रेष्ठले । श्रेष्ठका अनुसार स्यावुन गाउ विकास समितिमा भएको साढे १२ सय रोपनी अलैची वारी अहिले पनि माओवादीको कब्जामा छ । सो अलैची वारीमा वर्षेनी २ सय मन भन्दा वढी अलैची उत्पादन हुन्छ । अलैचीको मुल्य गएको वर्ष ७० हजार रुपैया मन पुगेको थियो । त्यसैगरी जलजला, स्यावुन, सिद्धपोखरीमा रहेको २५ वटा खेत पनि माओवादीको कब्जामा छ । सो खेतमा वर्षेनी २ सय मुरी (विस पाथीको एक मुरी हुन्छ ) धान उत्पादन हुन्छ।
श्रेष्ठको जग्गा २०५७ साल देखि माओवादी कब्जामा रहेका छ । यसरी भएभरको जग्गा जमिन र अलैची वारी माओवादीले कब्जा गरेपछि कष्टपुर्ण जिवन विताउन परेको रामेश्वरकी श्रीमती सरस्वती श्रेष्ठले वताइन । उनले भनिन ̵ æमेरो गहनाहरु सवै वेचे । पुराना भाडाकुडा पनि वेचे । साह्रै मुस्किल पर्यो । आफुले खानै पर्यो । वाच्नै पर्यो ।Æ परारको साल डेढ महिना अलैची पाइन्छकी भनेर सरस्वती वगाउन ढुकेर वसीन । तर उनको अगाडि सवै अलैची माओवादीले हेर्दा हेदै कब्जा भएको हो भन्दै लादा उनको मन खिन्न भयो । मानवताको नाताले भएपनि अलिकति विचार गर्नु नी वावु छोरा हो भने तर उनीहरुले सुनेन् सरस्वतीले वताइन् ।
माओवादीले कब्जा गर्न अगाडि नै श्रेष्ठले जग्गा र अलैचीवारी ठेक्कामा लाएका थिए । ति ठेक्कामा लिएका व्यात्तिले नै उनको खेत र अलैची बारी कमाइरहेका छन । रामेश्वरका अनुसार कमाउनेले उत्पादन भएको तीन भागको दुइ भाग राख्छन र एक भाग माओवादीले लाने गरेका छन । कब्जा भएदेखि यता उत्पादनका नाममा एक गेडा अन्न र अलैची उनीहरुले पाएका छैनन । यसपाली त मेरो अलैचीवारीमा रहेको १० लाख वरावरको काठ उनीहरु ( माओवादी ) ले वेचे । उजुर वाजुर नी गर्न सकिएन ̵ रामेश्वरले भने ।
त्यसैगरी सिद्धपोखरी ५ का ८० बर्षिया मोहन प्रसाद सुवेदी २०५८ साल असार २६ गते देखि विस्थापीत जिवन विताइरहेका छन । उनको घर जग्गा अहिले पनि मओवादीको कब्जामा छ । उनी अहिले विराटनगरमा साइला छोराको घरमा वसेका छन् । उनका दुइछोरा कुष्ण मुरारी सुवेदी र राजकुमार सुवेदी पनि बाबुसगै विस्थापीत भए । त्यस मध्ये छोरा कृष्ण मुरारी चैनपुरको सारदा निमाविमा पढाउछन र त्यही भाडामा वसीरहेका छन् । गाउमा रहेको उनीहरुको तीनवटा घर भत्किसकेको छ । जग्गापनि मओवादी कै कब्जामा छ। उनले आफ्नो घरजग्गा फिर्ता पाउ भनी अहिले सम्ममा माओवादीलाइ पाच पटक निवेदन दिइसकेका छन । उनले जिल्ला इन्चार्ज राजेन्द्र किरातीलाइ पनि पटक पटक भेटिसकेका छन । पार्टिमा निवेदन पुगेको छ । छलफल भएको छैन । यसपालि त छोड्नु भनेको छ तर निर्णय भएको छैन । भनी माओवादीका नेताले टार्ने गरेको सुवेदीले वताए ।
त्यसैगरि चैनपुरमा भोलामान श्रेष्ठको घर पनि माओवादिको कब्जामा छ । सो घरमा २ न क्षेत्रीय निर्वाचन कार्यलय छ । शंकर श्रेष्ठको घरमा जेकोन जागरण विधालय र त्यसको फिल्ड अफिस छ । त्यहावाट आउने भाडा आफुले नपाएको घरधनी शकर श्रेष्ठले वताए । उनको पनि ४ सय मुरी फल्ने खेत मओवादी कब्जामा रहेको श्रेष्ठले जानकारी दिए । उनी २०५८ साल देखि धरानमा बसीरहेका छन ।
नेकपा माओवादीका सखुवासभा इन्चार्ज राजेन्द्र किरातीका अनुसार कति जनाको जग्गा कब्जामा छ जानकारी छैन । तर रामेश्वर श्रेष्ठको अलैचीवारी कब्जा गरेर सुकुम्वासीलाइ दिइएको छ । रामेश्वरले त्यहा १०, १२ घरलाइ उठाएर फर्म दर्ता गरेकाले आफुहरुले १६ घर सुकुम्वासी राखेको जानकारी दिए । तर रामेश्वर श्रेष्ठले भने अलैचीवारी पुख्यौली सम्पति भएको वताए । इन्चार्ज किरातीले भने अलैची हामीलाइ अलिकति दिन्छन र वाकी कमाउनेले राख्छन । अन्य कब्जा गरिएका जग्गाहरुको हकमा थोरै उत्पादन पार्टीलाइ सहयोग स्वरुप आउने वताए। श्रेष्ठको सम्पुर्ण जग्गा कब्जा गरेको स्विकादै चैनपुरको ३० मुरी फल्ने खेत भने छोडेको वताए । अझै सम्म व्यात्तिगत सम्पति फिर्ता नदिनुको कारण वताउदै इन्चार्ज किरातीले भने ̵ गणतन्त्र स्थापना भएपछि हामीले संखुवासभा आखिभुइमा भने सवैलाइ फिर्ता दिइसकेका छौ । तर संविधान लेखन प्रक्रिया अगाडि नवढेको देखेपछि हामीले फिर्ता गर्ने कार्य रोकेका हौ ।
अनौपचारिक सेवा केन्द्र इन्सेकका जिल्ला संयोजक प्रेम कार्कीका अनुसार संखुवासभामा अधिकांशको व्यात्तिगत सम्पति माओवादीको कब्जामा छ । कार्कीले भने ̵ æमनोवैज्ञानीक दवाव छ । सुरक्षित अनुभुति गरेका छैनन् । देखिने र नदेखिने दुइ किसिमले मओवादीले जग्गा कब्जा गरेको छ ।Æ
संखुवासभाका साहायक प्रमुख जिल्ला अधिकारी काशीराम शर्मा भने कस्को कति जग्गा कब्जा भएको छ आफुलाइ जानकारी नभएको वताए । उनले कसैको व्यात्तिगत सम्पति कब्जामा नरहेको समेत वताए । तर जिल्ला प्रसासन कार्यलयको तथ्याङक अनुसार द्धन्द्धको समयमा आफ्नो व्यात्तिगत सम्पति माओवादीको कब्जा भएको भन्दै डेढ सय जनाले निवेदन दिएका छन ।
२०६२ मंसिर ७ गते तत्कालिन सातदलसग शशस्त्र संघर्षका क्रममा विस्थापित हुन पुगेहरुलाइ आफ्नो गाउमा फर्केर ससम्मान गर्ने तथा अन्याय पुर्ण तरिकावाट कब्जा गरिएका घर जग्गा सम्पति फिर्ता गर्ने माओवादीले प्रतिवद्धता जाहेर गरेको छ । तर संखुवासभाको हकमा यो व्यवहारमा लागु हुन सकेको छैन । भरखरै पनि नेकपा माओवादीले शान्ति प्रक्रिया, संविधान र सरकारबारे अवधारणा पत्र सार्वजनिक गरेको छ । सो अवधारणामा अझैसम्म फिर्ता हुन बाँकी रहेका द्धन्द्धकालमा कब्जा गरिएका घरजग्गा र सम्पत्तिको हकमा पूर्व सहमति कार्यान्वयन गर्न राज्यले तुरुन्त प्रभावकारी कदम चाल्ने प्रतिवद्धता जाहेर गरेको छ । प्रधानमन्त्री वावुराम भट्टराइले पनि कब्जा गरिएको सम्पति फिर्ता दिन निर्देशन दिएको छ । तर सखुवासभाको हकमा भने वैध्य पक्षका कार्यकर्ता नै जिल्ला इन्चार्ज भएकाले फिर्ता गर्ने पक्षमा उनीहरु देखिदैन ।

