RSS Feed

पुर्वी पहाडि जिल्लामा भुकम्पको प्रभाव

भुकम्पले घर भत्किए पछि खेजेनिमका मकरध्वज पतंवा ओडारमा वसेका छन । परिवार सहित २ महिना देखि उनी सुङजा ओडारमा वसीरहेका हुन । घर वनाउन नसकेपछि मकरध्वजले ओडारको वास रोज्नु परेको हो ।
भुकम्पको कम्पनले घर लड्यो । पैसाको जोहो नहुन्जेल सम्म ओडारलाइ वासको भाटाले वारेरका छन । तमर खेलाको छेउमा ओडार छ । खोलाको सिरेटो सिधै उनी वसेको ओडारमा लाग्ने हुनाले चिसो हुने उनको भनाइ छ । जाडो याम लाग्यो । उनीसग तातो लगाउने लुगा र ओड्ने ओछ्याउने छैन । ओडार सागुरो भएकाले रातमा सुत्न मुश्किलले मात्र अड्छ । साना छोरा छोरीहरु ओडारवाट लड्छन कि भन्ने पिर छ । श्रीमति जोगमायाले ति छोराछोरीलाइ दिनभरी गोठला गदै ठिक्क हुन्छ । त्यहावाट लडियो भने सिधै तमोर खोलामा पुगिन्छ । पानि परि हाल्यो भने सवै भिजिने पिर छ उनीहरुलाइ ।

असोज १ को भुकम्पले घर भत्काएपछि मकर ध्वज वसेको ओडार । तस्वीर आनन्द गौतम

असोज १ को भुकम्पले घर भत्काएपछि मकर ध्वज वसेको ओडार । तस्वीर आनन्द गौतम


मकरध्वज भारि बोकेर परिवार पाल्दै आएका छन । कमाएर ल्याएको पैसाले विहान वेलुका खान मुश्किलले पुग्छ। एक हलको मेलो लाग्ने पाखाबारी छ । बारीमा फलेको अन्नले एक महिना नी खान पुग्दैन मकरध्वजको परिवारलाइ । उनीसग अहिले २ वटा खुखुरा छ । घर हुदा सम्म खानको पिर मात्र थियो । तर घर लडेपछि भने उनलाइ टाउको लुकाउने छाप्रो कसरी वनाउने भन्ने पिरले सताएको छ । स्कटल्यान्ड एसोसीएसन अफ नेपालका किसोर डङगोलले पठाएको २५ हजार रकम मकरध्वजले पाएका छन । सानो छाप्रो वनाउने उनको योजना छ । तर पनि वनाउन सकेका छैनन । जिल्ला दैवी प्रकोप उद्धार समितिवाट उनले ३ हजार रुपैया र २५ किलो चामल राहत पाए । जिवन चलाउन मुश्किल भएपछि खेजेनिममा भएको एक कार्यक्रममा राहत माग्न पुगेका थिए । त्यो कार्यक्रममा सभाषद डम्बर ध्वज तुम्बाहाङफे आएको सुनेर राहत माग्न पुगेको कुरा कार्यक्रममा सहभागि हुन पुगेका ताप्लेजुङका पत्रकार इन्द्र सरोवार बजगाइले वताए ।
असोज १ गते ६.९ रेक्टर स्केलको भुकम्पको कम्पनले मकरध्वज लगायत पुर्वी पहाडि जिल्लाहरु ताप्लेजूङ, पाचथर, इलाम, तेह्थुम, सेखुवासभा र धनकुटामा करिव ६ हजार भन्दा वढि मानिस विस्थापित भएको जिल्ला प्रशाशन कार्यलयको तथ्याङक छ । नेपाल र भारतको सीमाना सिक्किममा भुकम्पको केन्द्रविन्दु भएकाले पुर्वी पहाडि जिल्लामा भुकम्पको वढि प्रभाव पार्यो । वढि जसो २०४५ सालको भुकम्पले हल्लाएर चर्केका पुराना घरहरु लडेका छन ।
ताप्लेजुङ जिल्लाका पुर्व उत्तर तिरका गाउहरु ओलाङचुङगोला, लेलेप, सुरुङखिम, मामाङखे, खेवाङ ,पेदाङ, मेहेले र खेजेनिममा भुकम्पवाट विस्थापित भएको ताप्लेजुङको प्रमुख जिल्ला अधिकारी देबराज ढकालले जानकारी दिए । गरिव व्यात्तिहरुले अझै पनि लडेको घर वनाउन सकेका छैनन । चर्केको घर टालेर वसेका छन । कतिपय त अझै पनि वारी र आगनमा पाल टागेर वसेका छन् ।
Due to Earthquake more than 5 thousand people had displaced in eastern hill in Nepal.epicenter was border of Nepal and India Sikkam.6.9 rectarscle.

Due to Earthquake more than 5 thousand people had displaced in eastern hill in Nepal.epicenter was border of Nepal and India Sikkam.6.9 rectarscle.


दोखु ४ ल्याङबाका पुष्पा तामाङको परिवार आगनमा पाल टागेर वसीरहेका छन । पुष्पा भन्छिन ­ “बाहिर हेर्दा घर राम्रो देखिन्छ भित्रको गाह्रो लडेको छ । भात बाहिर पकाएर खान्छौ । भित्र सुत्न डर लाग्छ । साना छोरा छोरीसग हामी आठ जना पाल टागेको ठाउमा सुत्छौ । सासु र ठूली छोरी मात्र घर भित्र सुत्छन ।”
उनका श्रीमान भत्त वहादुर ट्रकमा सामान लोड गर्ने काम गर्छन । कमाएर ल्याएको पैसा विहान वेलुका खादा र छोराछोरीको पढाइमा खर्च हुन्छ । उनीहरुलाइ जिल्ला प्रसासन कार्यलयले ५ हजार पैसा दियो । रेडक्रसले पाल कम्बल दिएको छ । एभिन्युज टेलिभिजनवाट २५ हजार तामाङ परिवारलाइ प्रदान गरेको छ । “सरकारले पैसा दिन्छ रे भनेको सुनेको छु । दियो भने घर वनाउने भनेको” ­ पुष्पाले वताइन ।
जिल्ला प्रशाशन कार्यलय ताप्लेजुङका अनुसार ताप्लेजुङमा भुकम्पबाट विस्तापित भएकाहरुलाइ ३ र ५ हजार प्रति परिवार प्रदान गरेको छ । हिमाली क्षेत्रका भुकम्प पिडितलाइ भने १० हजार प्रदान गरिएको छ । प्राकृतिक विपतको पुर्व तयारीका विषयमा रेडक्रस जिल्ला शाखाले प्रकोप खतरा न्यूनिकरण (Disaster risk reduction (DDR) ) कार्यक्र गरिरहेको छ । त्यसका लागि सेभ द चिल्ड्रेन युएसले ८ लाख रकम दिएको रेडक्रसका सभापति गणेश अधिकारीले जानकारी दिए । उनका अनुसार ताप्लेजुङका २० वटा गाविसका केहि शिक्षक स्वयंसेविका र रेडक्रसकर्मीलाइ प्रकोपको पुर्व तयारीका लागि तालिम दिइएको छ । उनीहरुलाइ प्राथमिक उपचार र उद्धार तालिम दिइएको छ । समुदायका सात वटा समुहलाइ विपत आइहाल्यो भने चाहिने केहि समाग्री हेलमेट कुटो डोरी र स्ट्रेचर दिइएको छ । यस्तो कार्यक्रम सन्चालन गरेका कारण असोज १ गतेको भुकम्पमा मानविय क्षति कम भएको वताउछन सभापति गणेश अधिकारी ।
भरखरै देखि भने जिल्ला प्रसासन कार्यलयहरुले पनि रेडक्रससग मिलेर प्रकोपको पुर्व तयारी कार्यक्रम (Disaster prepareness and responce(DPR)) ल्याउने तयारीमा रहेको पाचथरका साहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद खरेलले जानकारी दिएका छन । उनी भन्छन ­”यो ७५ वटै जिल्लामा लागु गर्न लागिएको हो । तर कार्यक्रम सन्चालनका लागि स्रोत साधन अभाव छ ।” असोजमा आएको भुकम्पपछि एक आइएनजिओको सहयोगमा कार्यक्रम शुरु गर्न योजना तयार भइरहेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले प्रकोप आएपछि राहत वाढ्ने काम वाहेक केहि गरेको छैन । दैवी प्रकोप उद्धार समितमा पनि राहतका लागि कम मात्र रकम रहेकाले काम गर्न कठिन भएको साहायक प्रमुख जिल्ला अधिकारी खरेलले वताए । भरखरैको भुकम्प आउदा पाचथरको जिल्ला दैवी प्रकोप समितिमा ३ लाख मात्र रकम थियो । स्रोत जुटाएर समितिले प्रति परिवार ५ हजारका दरले ५१ ला ९० हजार रकम भुकम्पवाट विस्थापी र प्रभावितलाइ वाढियो ।
पुर्वी पहाडि जिल्लामा रेडक्रसले वाहेक प्रकोपको पुर्व तयारीका लागि काम गर्ने कुनै संस्था छैन भन्छन इलामका प्रमुख जिल्ला अधिकारी जनकराज रेग्मी । सोचे भन्दा वढि मानिस भुकम्प पिडित हौ भनी आउने गरेका छन । भुकम्प आउदा कसरी वच्नु पर्छ त्यसको केही जानकारी नभएको वताउछिन म्यावाराज २ दोखुकी पवित्रा थापा मगर ।
विसं १९९० साल, २०४५ सालमा पनि असोज १ गते जस्तै शत्तिशालि भुकम्प गएको थियो । भुकम्पका कारण कयौले ज्यान गुमानका साथै थुपै घरहरु भत्किएका थिए । असोज १ गते साझमा भुकम्प गएकाले जनको क्षति कम भएपनि थुप्रै मानिसहरुको धन क्षति भएको छ ।
असोज १ गते पछि ताप्लेजुङमा २ पटक भुकम्पको धक्का महसुस गरिएको छ । मंसीर २८ गते ४•९ र पुस ३ गते ४•६ रेक्टर स्केलको भुकम्प रेकर्ड गरिएको भुकम्प मापन केन्द्र काठमाडौले जानकारि दिएको छ । कम्पनवाट कुनै क्षति भने भएको छैन ।
केन्द्रका प्राविधिक अधिकृत उमेश प्रसाद गौतमका अनुसार हिमालको फेदी अर्थात महाभारत रेन्जमा मेची देखि महाकालि सम्म दैनिक ३ देखि ४ वटा साना खालका भुकम्पको कम्पन महसुसस हुन्छ । तर यी विनासकारी हुदैनन । नेपाल भुकम्पको जोखिम क्षेत्रमा पर्ने भएकाले नेपालभरी २१ वटा मापन केन्द्र राखिएको छ ।
पछिल्लो जानकारी अनुसार मकरध्वजले अहिले छाप्रो बनाएर वसेका छन ।

थप जानकारीका लागि http://www.seismonepal.gov.np/index.php?action=earthquakes&show=recent

http://www.nepalitimes.com/blogs/thebrief/2012/04/11/tremors-felt-2/

क्षति विवरण
ताप्लेजुङ
पुर्ण क्षति १४२८ घर
प्रभावित ३६६३ घर
आंशिक २९१ घर
पुर्ण क्षति विध्यालय ५६ वटा
आंशिक क्षति भएका विध्यालय ४३
पुर्ण क्षति भएका प्रहरी चौकी ७ वटा
आंशिक क्षति भएका प्रहरी चौकी ८ वटा
पुर्ण क्षति भएका स्वास्थ्य चौकी ५ वटा
आंशिक क्षति भएका स्वास्थ्यचौकी ७ वटा
गुम्बा मन्दिर पुर्ण क्षति १९ वटा
आंशिक क्षति २५ वटा
सरकारी कार्यलय पुर्ण क्षति ९ वटा
सरकारी कार्यलय आंशिक क्षति १९ वटा
झोलुङे पुल पुर्ण क्षति ३ वटा
झोलुङगे पुल आंशिक क्षति २ वटा
विधुत योजना २ वटा पुर्ण क्षति
१० देखि १२ वटा क्षति भएको छ ।
जिल्ला प्रसासन कार्यलय ताप्लेजुङ
पाचथर
पुर्ण क्षति १४ सय ५६ घर
त्यसमध्ये १०३८ लाइ राहत वितरण गरिएको ।
इलाम
पुर्ण क्षति २२ सय घर
आंशिक प्रभावित ५ हजार घर
विध्यालय १
तेह्रथुम
पुर्ण क्षति भएका घर ५ सय ५ वटा
आंशिक क्षति १६ सय ३०

विध्यालय पुर्ण क्षति ८ वटा
१ सय २१ वटा विध्यालय मर्मतका लागि जिल्ला शिक्षा कार्यलय तेह्रथुममा निवेदन परेको छ ।
संखुवासभा
प्रभावित ७ हजार घर
पुर्ण रुपमा विस्थापित ६ सय घर
विध्यालय १५६ वटा क्षति भएको ।
विध्यालय भत्केको ८५ वटा
धनकुटा
भुकम्प प्रभावित २४० परिवार ।

स्रोत ­ जिल्ला प्रशाशन कार्यलयहरु

About these ads

About Mademba's Blog

Sita Mademba Reporter,BBC Nepali Service

2 Responses »

  1. great consciousness against EarthQuake

    Reply
  2. धन्यवात छ । तर अलि अगाडि गरेको स्टोरी हो यो ।

    Reply

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Connecting to %s

Follow

Get every new post delivered to your Inbox.

%d bloggers like this: