RSS Feed

Author Archives: sitamademba

भेटने मिठो आसा लिएर निदाए ।

Posted on

असामको एक कार्यक्रमा सहभागिता जनाउनका लागि निम्तो आयो । कलकत्तामा रहेका साहित्यकार सुरेन्द्र प्रदेशीले फोनबाट निम्तो गरे । निम्तोसगै मैले मेरो तुम्मालाइ झट्ट सम्झे । जाने दिन नजिक आउदै थियो । मेरी आमालाइ असाम जान लागेको खवर सुनाए । त्यो खबरसगै आमाले तुम्मालाइ पनि खोज है भन्नुभयो । मवली बाजे रोजगारको शिलशिलामा असाम जानुभएको थियो । मलाइ त याद पनि छैन । बोजुले बाजेको कुरा बारम्बार सुनाउनु हुन्थ्यो । अनी त्यसबाट बल्ल मैले थाहा पाएकी थिए । असाम आवत जावत हुदा हुदै तुम्माको बिबाह असाममा भएको रहेछ । बाजेको मृत्युसगै हाम्रो परिवार वीचको भेटघाट निक्कै पातलिदै गयो । अझ मावली बोजुको मृत्यु पछि त हाम्रो भेट हुनै छाड्यो ।

असामको कोइला खानी ।

असामको कोइला खानी ।

Read the rest of this entry

¨हामीलाइ केही असर परेको छैन ।¨

Posted on

अहिले नेपालमा विभिन्न जातिहरु जातिय पहिचान सहितको राज्य पुर्नसरचना गर्न माग गदै आन्दोलनरत छन । कतिपयले पहिचान सहित राज्य पुर्न संरचना गर्न हुदैन भनी विरोध गरिरहेका छन । यो आन्दोलनले समाजमा मिलेर वसेका विभिन्न जातजातिहरु वीचमा जातिय सदभाव खलवल हुन्छ की भन्ने एक किसमको डर पनि छ त्यतिकै छ । तर सुनसरी भरौलका लोकेन्द्र सुवेदीलाइ भने अन्य जातका छिमेकीसग सम्बन्ध बिग्रन्छ की भन्ने डर छैन । उनी भन्छन ­ ¨हामीलाइ केही असर परेको छैन । मिलेर बसेका छौ । मेरो छिमेकी नेवारहरु छन । कसैले केही पनि भनेको छैनन् । मैले पनि केही भनेको छैन ।¨

भरौलका लोकेन्द्र सुवेदी ।

भरौलका लोकेन्द्र सुवेदी ।

Read the rest of this entry

कसको साथमा छ समाज ।

“मुसलानको नानी भन्छन । उ कर्काको देशवाट बोकेर ल्याको बाटोभरी नचाएर हिड्छे भन्छन । कति भन्छन भन्छन । सहनु परो नी । बाच्नु परेको छ । खै मर्न पनि सकिदो रहेनछ त के गर्नु ।”
लामो भलाकुसारी पछी देवीमायाको यसो भन्दा मेरो आखाका डिलमा आसु पुग्यो । आखा झिमिक्क नगरी भित्र भित्रै आसुलाइ लुकाए । किनकी उनको कमजोर मनलाइ मेरो आसुले अझ कमजोर वनाउछ भन्ने लाग्यो । हुन त मैले नै उनको जिवनमा आइपरेको घटनाका बिषयमा विभिन्न प्रश्न गरी जबाफ खोतलीरहेकी थिए । तर पनि कता कता धक फुकालेर प्रश्न गर्न सकेकी थिइन । किनकी मेरा प्रश्नले अझ उनको सुक्न लागेको घाउ आलो वनाउन बल दिन्थ्यो । उनी पनि केही हुन्छ कि वच्चाको उपचारका लागि सहयोग पो मिलिहाल्छ की भन्ने आसा लिएर नधकाइ प्रश्नको जवाफ दिइरहेकी थीइन । हुन पनि उनी खुलेर समाजमा हिड्न सक्छिन न त कसैलाइ सहयोगको आग्रह नै गर्न सक्छिन ।
पौरखी नेपालकी सारदा मास्केले देवीमायाको घर सम्म पुग्न सहयोग गरिन । उनको घरमा हामी पुग्दा देवी माया भरखर मेलोबाट घर आइकी थीइन । उनले लगाएको कुर्ता सुरुवालमा कुरै कुरो टासीएको थियो । खुट्टामा माटै माटो थियो । कम्मरमा नानी च्यापेर नमस्ते गरिन । हामीलाइ वस्न आग्रह गदै थात्रो मुढा हाम्रो अगाडि राखिन । उनको घर सुनसान थियो । उनी वस्ने कोठामा एउटा रातो साडि झुन्डीएको थियो । खाटमा पुराना लुगाहरु थिए । घर हेर्दा कोही मान्छे वस्छन जस्तो लाग्दैन थियो । Read the rest of this entry

पुर्वी पहाडि जिल्लामा भुकम्पको प्रभाव

भुकम्पले घर भत्किए पछि खेजेनिमका मकरध्वज पतंवा ओडारमा वसेका छन । परिवार सहित २ महिना देखि उनी सुङजा ओडारमा वसीरहेका हुन । घर वनाउन नसकेपछि मकरध्वजले ओडारको वास रोज्नु परेको हो ।
भुकम्पको कम्पनले घर लड्यो । पैसाको जोहो नहुन्जेल सम्म ओडारलाइ वासको भाटाले वारेरका छन । तमर खेलाको छेउमा ओडार छ । खोलाको सिरेटो सिधै उनी वसेको ओडारमा लाग्ने हुनाले चिसो हुने उनको भनाइ छ । जाडो याम लाग्यो । उनीसग तातो लगाउने लुगा र ओड्ने ओछ्याउने छैन । ओडार सागुरो भएकाले रातमा सुत्न मुश्किलले मात्र अड्छ । साना छोरा छोरीहरु ओडारवाट लड्छन कि भन्ने पिर छ । श्रीमति जोगमायाले ति छोराछोरीलाइ दिनभरी गोठला गदै ठिक्क हुन्छ । त्यहावाट लडियो भने सिधै तमोर खोलामा पुगिन्छ । पानि परि हाल्यो भने सवै भिजिने पिर छ उनीहरुलाइ । Read the rest of this entry

धान नाच्दै रात कटाउदा ‍

बत्तीसै दन्तको हायेङ हा
मेल्ले मै दुखि ताजेङ हा
फिर्केनी धागो केसुङ तेरुङ
मेल्ले मै ताजेङ केसुङ तेरुङ
हरियो बियु से सोल्टी ज्यु से ।
( यो दुखि मनका कुराहरु सोल्टीनीको सामु शुरु गर्न अनुमति चाहान्छु । )
भत्तपुरका शिव कुमार सम्वाहाङफेले यसरी पालम गाउदै धान नाच शुरु गरे । दाउरा सुरुवालमा सजिएका शिव कुमार र कविराज आङदेम्बेको वीचमा कलेजो रंगको ढाकाको सल घुम्लुङग ओडेकी गिता लिम्बु थिइन । तीनै जना हात समाएर पालामको तालमा घरी दाहिने खुट्टा उचाल्थे भने घरी देब्रे खुट्टा उचाल्थे । पालामको एक सेर सगै घरी अघि घरी पछि फर्कन्थे । उनीहरुको यो धान नाच हेर्न र पालाम सुन्नेको भिड नै लागेको थियो । शिव कुमारको मिठो आवाज अनी तीन जनाको सालिन धान नाच्ने शैलीले मलाइ पनि तान्यो । अझ आखामा चिम्म गरेर अनुहार आकास तिर फर्कउदै तानिएको सुरिलो शिव र कविराजको आवाजमा गिताको आवाज मिसीदा आङ सिरिङग भएर आउथ्यो । धान नाच हेर्न जम्मा भएका आधा बैसेहरुले आफ्नो जवानीलाइ एक पटक सम्झे । उनीहरुको तरुनीहरुको स्वरको प्रसंसा समेत गर्न भ्याए । घर हिडन लागेकाहरु पनि धान नाच्न जोसीएर फर्के । Read the rest of this entry

शान्ति प्रक्रियाका लागि दलहरुबीच भएको सहमतिको पूर्ण विवरण ।

शान्ति प्रक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अपरिहार्य छ । यस सन्दर्भमा नेपालको शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याई संविधान निर्माण लगायतका राजनीतिक प्रक्रियाहरुलाई अगाडि बढाउनु पर्ने तथ्य प्रष्ट नै छ । अतः विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ तथा विभिन्न समयमा राजनीतिक दलहरुका बीच भएका सहमति अनुरुप शान्ति प्रक्रियाका बाँकी कामहरु तुरुन्त सम्पन्न गर्दै संविधान निर्माण र राष्ट्रिय सहमतिको राजनीतिलाई अघि बढाउन निम्नलिखित सहमति गरेका छौं ।
१. माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापना
क) शिविरमा रहेका माओवादी सेनाका लडाकुहरुको विवरण अद्यावधिक गरिने छ ।
ख) समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरुको संख्या बढीमा ६५०० (छ हजार पाँचसय) सम्म हुनेछ । समायोजन नेपाली सेना अन्तर्गत महानिर्देशनालयमा हुनेछ । त्यसमा सुरक्षा निकायबाट ६५ प्रतिशत र माओवादी सेनाका लडाकुहरुबाट ३५ प्रतिशतको संख्या रहनेछ । महानिर्देशनालयको कार्य विकास-निर्माण, बन सुरक्षा, औद्योगिक सुरक्षा र विपद् व्यवस्थापन हुनेछ ।
ग) समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरुले सम्बन्धित सुरक्षा निकायको मापदण्ड व्यक्तिगत आधारमा पूरा गर्नुपर्ने छ । तर उमेर, शिक्षा र वैवाहिक स्थितिको मापदण्डमा लचकता अपनाइने छ । माओवादी सेनाका लडाकुमा भर्ना हुँदाको मितिमा तोकिएको दर्जाका लागि शिक्षामा एक तहसम्म र उमेरमा तीन बर्षसम्मको बढी उमेरमा लचकता अप्नाइने छ । Read the rest of this entry

के हो बिपा ? सम्झौताको पुर्ण पाठ

के हो बिपा ?
बिपा (Bilateral Investment Promotion and Protection Agreement) द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण गर्ने सम्झौता हो । विश्वमा आर्थिक क्षेत्र (सेज) स्थापना गर्ने होड चलेपछि लगानीकर्ताहरुलाई थप आर्कषित गर्न विकशोन्मुख मुलुकले बिपाको अवधारणा ल्याएका हुन । बिपा लागू भएपछि एउटा देशका लगानीकर्ताहरुले अर्को देशमा गएर गरेको लगानी सुरक्षित भएको प्रत्याभूत हुने गर्दछ । अर्को अर्थमा अर्को देशमा गएर गरेको लगानीलाई स्थानीय लगानीसरह सुविधा दिने गरिन्छ ।

नेपालले १९८३ मा फ्रान्ससँग, १९८६ मा जर्मनीसँग, १९९३ मा बेलायतसँग, १९९९ मा मरिसससँग र १९९९ मा फिनल्याण्डसँग विपा सम्झौतामा हस्ताक्षर गरिसकेको छ । यसको अर्थ हो यी देशबाट नेपालमा आएको लगानीको सुरक्षा प्रत्याभूत गर्ने काम सरकारको हो । नेपालले यी देशसँगै कतारसँग पनि यस्तै सम्झौता गरेको छ । तर नेपाल र कतारले कुटनीतिक नोट आदानप्रदान नगरेका कारण यो सम्झौता लागू भएको छैन । सम्झौताको आवश्यकता भए नेपाल र कतारले कुटनीतिक नोट आदानप्रदान गरेर कार्यान्वयनमा लैजान सक्छन् ।

सम्झौताको पुर्ण पाठ

धारा १ Read the rest of this entry

लेन्सको नजरमा एक दिन भेडेटार ।

बादलले छपक्कै छोपेपछि चिहाएर हेदै छ भेडेटार ।

बादलले छपक्कै छोपेपछि चिहाएर हेदै छ भेडेटार ।

अनी त्यो स्वर्गको टुक्रा भेडेटारमा उड्न मन लाग्छ ।

अनी त्यो स्वर्गको टुक्रा भेडेटारमा उड्न मन लाग्छ ।

घरी घरी पानि परेर स्वागत गर्छ भेडेटारले ।

घरी घरी पानि परेर स्वागत गर्छ भेडेटारले ।

पानि परेपछिको सुन्दरता त झन कति राम्रो यसको वयान गर्न पनि शब्द छैन ।

पानि परेपछिको सुन्दरता त झन कति राम्रो यसको वयान गर्न पनि शब्द छैन ।

[caption id="attachment_373" Read the rest of this entry

राहत कार्यक्रमको पूर्ण विवरण ।

भूमिका
शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पुर्याकउने र संविधान सभाबाट संविधान निर्माण गर्ने दुई प्रमुख कार्यभार पूरा गर्नका लागि संविधान सभाको निर्वाचन पश्चात गठन भएको यो चौथो सरकार हो। यस अवधिमा राष्ट्रिय राजनीतिले न त उपर्युक्त कार्यभार निर्वाह गर्न सक्यो न त जनजिविकाका सवालहरुमा नै यथेष्ठ ध्यान केन्द्रित गर्न सक्यो। राजनीतिक कार्यसूचीको छायाँमा जनजिविकाका सवालहरु परेकोले गर्दा जनताको जनजीवन कष्टकर हुनुको साथै जनतामा ब्यापक रुपमा निराशा, कुण्ठा तथा आक्रोस श्रृजना भई राज्य प्रतिको जनविश्वासमा ह्रास हुँदै गईरहेको अवस्था छ। यस पृष्ठभूमिमा शान्ति प्रकृया र संविधान निर्माणको अतिरिक्त जनतालाई राहत दिई राज्यप्रतिको जनविश्वास अभिबृद्धि गर्नु सरकारको अर्को महत्वपूर्ण कार्यभार भएकोले नेपाल सरकारले यो तत्काल राहतको कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याएको छ। Read the rest of this entry

कब्जा भएको सम्पति अझै फिर्ता भएन ।

æहामीले आफ्नो सम्पति आफ्नो भन्न नी पाएनौ । माथिवाट व्यवस्था भएपछि फुकुवा गर्छौ भन्छन मुखले ठिक्क पार्छन । खान पुग्ने अन्न नी दिदैन । कुट्छकी मार्छकी भनेर डराएर हिड्नु पर्ने अवस्था छ । डराउनै पर्यौ ।Æयो सेखुवासभा जिल्लाका चैनपुर २ का रामेश्वर श्रेष्ठको आफ्नो पिडा यसरी सुनाए ।
एकिकृत नेकपा माओवादी र तत्कालिन साद दल वीच भएको १२ वुदे सम्झौतामा कब्जा गरिएका व्यात्तिगत सम्पति फिर्ता गर्ने सहमति भएको थियो । सो सम्झौता भएको छ बर्ष वितिसक्दा पनि जग्गा फिर्ता पाएका छैनन श्रेष्ठले । श्रेष्ठका अनुसार स्यावुन गाउ विकास समितिमा भएको साढे १२ सय रोपनी अलैची वारी अहिले पनि माओवादीको कब्जामा छ । सो अलैची वारीमा वर्षेनी २ सय मन भन्दा वढी अलैची उत्पादन हुन्छ । अलैचीको मुल्य गएको वर्ष ७० हजार रुपैया मन पुगेको थियो । त्यसैगरी जलजला, स्यावुन, सिद्धपोखरीमा रहेको २५ वटा खेत पनि माओवादीको कब्जामा छ । सो खेतमा वर्षेनी २ सय मुरी (विस पाथीको एक मुरी हुन्छ ) धान उत्पादन हुन्छ।
श्रेष्ठको जग्गा २०५७ साल देखि माओवादी कब्जामा रहेका छ । यसरी भएभरको जग्गा जमिन र अलैची वारी माओवादीले कब्जा गरेपछि कष्टपुर्ण जिवन विताउन परेको रामेश्वरकी श्रीमती सरस्वती श्रेष्ठले वताइन । उनले भनिन ̵ æमेरो गहनाहरु सवै वेचे । पुराना भाडाकुडा पनि वेचे । साह्रै मुस्किल पर्यो । आफुले खानै पर्यो । वाच्नै पर्यो ।Æ परारको साल डेढ महिना अलैची पाइन्छकी भनेर सरस्वती वगाउन ढुकेर वसीन । तर उनको अगाडि सवै अलैची माओवादीले हेर्दा हेदै कब्जा भएको हो भन्दै लादा उनको मन खिन्न भयो । मानवताको नाताले भएपनि अलिकति विचार गर्नु नी वावु छोरा हो भने तर उनीहरुले सुनेन् सरस्वतीले वताइन् । Read the rest of this entry

Follow

Get every new post delivered to your Inbox.

Join 3,557 other followers