Archive for the ‘culture’ Category

Chasok Tangnam

March 4, 2008

chasok tangnam

A man aiming traditional catapult.(bijay)

यतिखेर लिम्बूवानको पहाडी क्षेत्रको बारी नै भरी पैंयू फूलेको छ । यहि पैंयू फूलेको समयलाई किरात लिम्बूहरुले उभौली याम -दक्षिणायन) शुरु भएको संकेतको रुपमा मान्छन् । उभौली याम शुरु सगै लिम्बूहरुले मङ्सीर पूणिर्माको दर्ुइ दिन अघि देखि प्रतेक लिम्बूहरुले घरघरमा र चुम्लुङ हिममा जम्मा भएर “चासोक तङनाम” धुमधाम मनाउदैछन् । उभौली शुरु भएपछि माछा, चराचुरुङ्गी दक्षिणतिर लागेको भन्ने भनाई पनि छ । पर्ूवका लिम्बूवानमा किरात लिम्बूहरुले नयापाकेको अन्नवाली तागेरा निङवाफू माङलाई चढाएर मात्र खाने चलन छ । यहि चलनलाई लिम्बूहरुले चासोक तङनाम को रुपमा मनाउछन् । नेपाली भाषामा “चासोक”को शब्दिक अर्थ न्वागी र “तङनाम”को अर्थ चार्डपर्व हुन्छ ।प्रकृति पुजक लिम्बूहरुले चासोक तङनालाई राष्ट्रिय चाडका रुपमा मनाउछन् । उनीहरुले दशैको विकल्पका रुपमा यो चाड मनाउदै आएका छन् । लिम्बूहरुले चासोकको दिन चुम्लुङ हिममा भेला भएर आफ्नो खेतमा पाकेको नयाअन्न धान, कोदो, मकै, दाल, भटमास तागेरा निङ्वाफू माङ्लाई चढाउछन् भने घरघरमा पनि पुजा गरि नयाअन्न माङलाई चढाउने परंम्परा छ । सवै जना आ-आफ्नो भेषभुषामा सजिएर आउछन् । चासोक तङनामको दिन लोप हुन लागेको लिम्बूहरुको सस्कृतिलाई जोगाई राख्न याराक -धान नाच ), के लाङ् -च्याबु्रङ नाच), पकलुम लेप्मा -छेलो हान्ने),थाक थाक्मा -तान बुन्ने),लि आप्मा - गुलेली हान्ने ) प्रतियोगिता पनि गरिन्छ ।सवै थुम - तम्वर खोले, मेवाखोले, फेदापे, छथरे, पाचथरे ) का लिम्बूहरु जम्मा भएर शुभकामना आदानप्रदान गदै मान्यजन सग आर्सिवात लिन्छन् । र्साईनो नलाग्नेहरु धान नाच्छन् । हाक्पारे साम्लो, ख्याली - लिम्बूहरुले गाउने एक प्रकारको गीत जुन दोहारी जस्तै हुन्छ ) गाउदै एक अर्कामा मायापिरतिका कुरा शब्द मार्फ व्यक्त गर्दछन् । युवा, युवती वीच मनपरापर भएमा विवाह समेत गर्छन् । तीन दिन सम्म मनाईने यो चाड परापर्ुव काल देखि नै मनाउदै आएको मुन्धम - शास्त्र) मा लेखिएको छ ।त्यस्तै लोपहुन लागेको लिम्बूनीहरुले लगाउने गहना सरिवन्दी, साम्याङ फुङ -सुनको फूल), कल्ली, छोलाने चुरा, हारा, नेसे, रेजी पनि सवै लिम्बूनी महिलाहरुले कमाएर चासोकको दिन लागाएर आउने चलन पनि छ ।धरान, काठमाडौ, ललितपुर, झापार्,र् इटहरी, तेह्रथुम, पाचथर, ताप्लेजुङका शहरी क्षेत्रमा भने चुम्लङले तोकेको निश्चित ठाउमा भेला भएर चासोक तङनाम मनाउछन् । गाउतिर भने घर घरमा मनाउने चलन छ ।सरकारले पनि चासोक तङनाम अर्थात मंसिर पूणिर्माका दिन र्सार्वजानीक विदा २०५८ सालदेखि दिदै आएको छ । र्सार्वजानीक विदाका लागि किरात याक्थुङ चुम्लुङले तत्कालिन श्री ५ को सरकारसगधेरै पटक माग गरेको थियो । चुम्लुङले मात्र माग गर्दा सरकारले बिदा दिएन । २०५८ साल मङ्सीर ६ गते फेरी किरात याक्थुङ चुम्लुङ, किरात याख्खा छुम्मा, किरात र्राई यायोख्खा, सुनुवार सेवा समाजले प्रधानमन्त्रीको कार्यलयमा मंङसीर पुणिर्माको दिन र्सार्वजानीक विदा दिन माग गदै ज्ञापन पत्र प्रधानमन्त्रीको कार्यलयमा बुझाएका थिए । त्यसपछि मंसीर पूणिर्माको दिन चार वटा किरात जातिका लागि सरकारले र्सार्वजानीक विदाको घोषणा गर्‍यो ।चसोक तङनाको शुरुवातको विषयमा किरात याक्थुङ चुम्लुङले २०५९ सालमा प्रकाशित गरेको किरात चाड एक परिचय पुस्तकमा लेखिएको मिथ यस्तो छ । मुन्धुम अनुसार कृषि युग शरुहुन अघि लिम्बूहरुको पर्ुखा सावा येत्हाङ -मानव वती) हरुले कन्दमुल काचै खाएर जिवन यापन गर्दथे । त्यसैले कुपोषण भई अनेकौ रोग लाग्यो । रोगबाट मुक्ति पाउन तागेर निङ्वाफु माङ र्-र्सवशक्तिमान देवता) को पर््रार्थना गरे । पर््रार्थनाको फलस्वरुप तागेरा निङ्वाफु माङले पेना माङ्दक -कोदो), पारामा -कोदोसगै फल्ने कोदो जस्तो) तुम्री -जुनेलो), ताक्मारु -घैया), साङघामा, लिङघामा, लङवामा -एक प्रकारको अन्न) अन्नको विउ विजन प्राप्त भयो । लिम्बूजातिको आदिम पर्ुखा सावा येत्हाङहरुले अन्नको विउ पाएपछि उनीहरुको चेली सिवेरा एःक्थुक्मा सिवेरा यावुकेक्माले काठको खन्ती र अङकुसेको सहयोगले खोरीया फाडेर भस्मेमा अन्नको विउ छरी फलाईन । यसरी नै सावा येत्हाङहरुले खोती गर्न सिके । फलाएको अन्न आगोमा पकाई खान थाले । उनीहरुलाई रोग पनि लाग्न छोड्यो । सन्तानहरुलाई पनि रोगले आक्रमण नगरेपछि उनीहरुको जनसंख्या बढ्न थाल्यो । खेती गरेर अन्न फलाउन सिकाउने आफ्ना चेलीको यो पुन्य कामदेखि खुशी भई सावा येत्हाङहरुले उनलाई आशिष र वरदानका रुपमा आफूले फलाएको अन्न चेली सिवेरा एःथुक्मा सिवेरा याबुकेक्मालाई नाली कुजेन भनी चढाएपछि मात्र खाने पाउने बाचा गरे । त्यस पछि नै लिम्बू जातिमा न्वागी पुजा अर्थात चासोक तङनामको थालनी भएको लिम्बूहरुको मुन्धुम -शास्त्र) मा वर्ण्र्ाागरीएको छ ।चासोक तङनाममा फेदाङमा -लिम्बू जातिको पुजारी) को साहारामा युमा साम्माङ, थेवा सम्माङ, मिसेक, चखोवा, फाक्मुरा, थुङदाङवा लगायत नौ प्रकारको देवी देवताको पुजा गरिन्छ ।चासोकलाई भव्यताका साथ मनाउने गरेका कारण मङसीर पूणिर्को दिन लिम्बूहरुले आफना छारी छोरा ल्याएर यो हाम्रो चाड हो भन्दै सस्कार सस्कृतिका वारेमा जानकारी गाराउछन् । यो दिन लिम्बूहरुले याङवेन -झ्याउ),चाम्ब्रे -पुलाउ), वमयुक -कुखुराको भुल्लालाई डराएर वनाएको तिते), सिगोल्या -गहुको ढिडो), पेनागोल्या -कोदोको ढिडो), सारग्याङ -ससेज) तोङबा खाने प्रचलन छ ।दशै वहिस्कार अन्दोलन पछि लिम्बूहरुले चासोकलाई महान चाडका रुपमा मान्दै आएका छन् । त्यस्तै मंङ्सीर पुणिर्माको दिन किरात र्राईजातिले “साकेला उभौली”, किरात याख्खा जातिले “चासुवा” र किरात सुनुवार जातिले “फोलष्यादर” धुमधामसगमनाईरहेका छन् । लिम्बूवान र खम्बूवान मङ्सीर पूणिर्माको दिन च्याबु्रङ, ढोल र झ्ाम्टाको आवाजले संगितमय बनेको छ ।पुरानो पुस्ताका लिम्बूहरुले आफ्नो सस्कार सस्कृति नयापुस्तालाई चासोकको माध्यमबाट हस्तन्तरण गर्ने चलन छ । हिपहपमा रमाउने नयापुस्ता पनि ढोलबोकेर च्याबु्रङ नाच्छन् । यो दिन र्सार्वजानीक विदा भएकोले हरेक क्षेत्रमा काम गर्ने किरातीहरु मन खोलेर चासोक मनाउछन् । क्याम्पस र स्कुल पढ्ने युवायुवती पनि जानी नजनी भएपनि खुट्टा हल्लाई - हल्लाई च्याबु्रङ र धान नाच्छन् ।

.