RSS Feed

Tag Archives: nepal

बाटो हेर्दा हेर्दा आखामा हावा पसिसक्यो ।

बिहान चाडै निन्द्राले छोड्यो । मन मेरो फुरुङग थियो । तुम्मा (आमाको दिदी ) र दिदी वहिनी अनी दाजु भाइसग भेट हुने भो भनेर मनभित्र एक किसिमको आनन्द महसुस भइरहेको थियो । कोठामा बस्ने साथी रुमी लस्करलाइ पनि म एकदमै खुशी भएको बताए । त्यतिकैमा मेरो मोबाइलको घन्टी बज्यो । नभन्दै अमृत दाइको फोन थियो । उहाले म लिन आउदिन सन्तोस लिन आउछ है भन्नु भो । मैलै म सन्तोसलाइ चिन्दिन भने । दाइसग बोल्दा बोल्दै सन्तोस भाइले दिदी म चिन्छु नी भनेर चिच्यायो । मैले त्यो आवाज मोवाइल मार्फत सुने । हुन्छ भने मैले पनि । दाजु र भाइहरुले मलाइ केही असाममा वस्नु पर्छ है भनेकाले मैले नेपाल फर्कने रेलको टिकट रद्ध गर्न लगाए । म सगै जाने अन्य सदस्यहरुले ल है बधाइ छ । आफन्तसग भेटघाट भयो । राम्ररी पछी फर्कनु भन्दै बधाइ दिए ।
फर्कने समय बाकी रहेकाले चिया नास्ता खाएर हामी समुह नै डिगबोइमा घुम्न जाने भयौ । डिगबोइमा प्रेट्रोलीम पर्दार्थको ठुलो रिफाइनरी रहेछ । Read the rest of this entry

¨हामीलाइ केही असर परेको छैन ।¨

अहिले नेपालमा विभिन्न जातिहरु जातिय पहिचान सहितको राज्य पुर्नसरचना गर्न माग गदै आन्दोलनरत छन । कतिपयले पहिचान सहित राज्य पुर्न संरचना गर्न हुदैन भनी विरोध गरिरहेका छन । यो आन्दोलनले समाजमा मिलेर वसेका विभिन्न जातजातिहरु वीचमा जातिय सदभाव खलवल हुन्छ की भन्ने एक किसमको डर पनि छ त्यतिकै छ । तर सुनसरी भरौलका लोकेन्द्र सुवेदीलाइ भने अन्य जातका छिमेकीसग सम्बन्ध बिग्रन्छ की भन्ने डर छैन । उनी भन्छन ­ ¨हामीलाइ केही असर परेको छैन । मिलेर बसेका छौ । मेरो छिमेकी नेवारहरु छन । कसैले केही पनि भनेको छैनन् । मैले पनि केही भनेको छैन ।¨

भरौलका लोकेन्द्र सुवेदी ।

भरौलका लोकेन्द्र सुवेदी ।

Read the rest of this entry

कसको साथमा छ समाज ।

“मुसलानको नानी भन्छन । उ कर्काको देशवाट बोकेर ल्याको बाटोभरी नचाएर हिड्छे भन्छन । कति भन्छन भन्छन । सहनु परो नी । बाच्नु परेको छ । खै मर्न पनि सकिदो रहेनछ त के गर्नु ।”
लामो भलाकुसारी पछी देवीमायाको यसो भन्दा मेरो आखाका डिलमा आसु पुग्यो । आखा झिमिक्क नगरी भित्र भित्रै आसुलाइ लुकाए । किनकी उनको कमजोर मनलाइ मेरो आसुले अझ कमजोर वनाउछ भन्ने लाग्यो । हुन त मैले नै उनको जिवनमा आइपरेको घटनाका बिषयमा विभिन्न प्रश्न गरी जबाफ खोतलीरहेकी थिए । तर पनि कता कता धक फुकालेर प्रश्न गर्न सकेकी थिइन । किनकी मेरा प्रश्नले अझ उनको सुक्न लागेको घाउ आलो वनाउन बल दिन्थ्यो । उनी पनि केही हुन्छ कि वच्चाको उपचारका लागि सहयोग पो मिलिहाल्छ की भन्ने आसा लिएर नधकाइ प्रश्नको जवाफ दिइरहेकी थीइन । हुन पनि उनी खुलेर समाजमा हिड्न सक्छिन न त कसैलाइ सहयोगको आग्रह नै गर्न सक्छिन ।
पौरखी नेपालकी सारदा मास्केले देवीमायाको घर सम्म पुग्न सहयोग गरिन । उनको घरमा हामी पुग्दा देवी माया भरखर मेलोबाट घर आइकी थीइन । उनले लगाएको कुर्ता सुरुवालमा कुरै कुरो टासीएको थियो । खुट्टामा माटै माटो थियो । कम्मरमा नानी च्यापेर नमस्ते गरिन । हामीलाइ वस्न आग्रह गदै थात्रो मुढा हाम्रो अगाडि राखिन । उनको घर सुनसान थियो । उनी वस्ने कोठामा एउटा रातो साडि झुन्डीएको थियो । खाटमा पुराना लुगाहरु थिए । घर हेर्दा कोही मान्छे वस्छन जस्तो लाग्दैन थियो । Read the rest of this entry

शान्ति प्रक्रियाका लागि दलहरुबीच भएको सहमतिको पूर्ण विवरण ।

शान्ति प्रक्रिया र संविधान निर्माणको जिम्मेवारी पूरा गर्न राष्ट्रिय सहमति अपरिहार्य छ । यस सन्दर्भमा नेपालको शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याई संविधान निर्माण लगायतका राजनीतिक प्रक्रियाहरुलाई अगाडि बढाउनु पर्ने तथ्य प्रष्ट नै छ । अतः विस्तृत शान्ति सम्झौता, नेपालको अन्तरिम संविधान, २०६३ तथा विभिन्न समयमा राजनीतिक दलहरुका बीच भएका सहमति अनुरुप शान्ति प्रक्रियाका बाँकी कामहरु तुरुन्त सम्पन्न गर्दै संविधान निर्माण र राष्ट्रिय सहमतिको राजनीतिलाई अघि बढाउन निम्नलिखित सहमति गरेका छौं ।
१. माओवादी सेनाका लडाकुहरुको समायोजन र पुनःस्थापना
क) शिविरमा रहेका माओवादी सेनाका लडाकुहरुको विवरण अद्यावधिक गरिने छ ।
ख) समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरुको संख्या बढीमा ६५०० (छ हजार पाँचसय) सम्म हुनेछ । समायोजन नेपाली सेना अन्तर्गत महानिर्देशनालयमा हुनेछ । त्यसमा सुरक्षा निकायबाट ६५ प्रतिशत र माओवादी सेनाका लडाकुहरुबाट ३५ प्रतिशतको संख्या रहनेछ । महानिर्देशनालयको कार्य विकास-निर्माण, बन सुरक्षा, औद्योगिक सुरक्षा र विपद् व्यवस्थापन हुनेछ ।
ग) समायोजनमा सामेल हुने माओवादी सेनाका लडाकुहरुले सम्बन्धित सुरक्षा निकायको मापदण्ड व्यक्तिगत आधारमा पूरा गर्नुपर्ने छ । तर उमेर, शिक्षा र वैवाहिक स्थितिको मापदण्डमा लचकता अपनाइने छ । माओवादी सेनाका लडाकुमा भर्ना हुँदाको मितिमा तोकिएको दर्जाका लागि शिक्षामा एक तहसम्म र उमेरमा तीन बर्षसम्मको बढी उमेरमा लचकता अप्नाइने छ । Read the rest of this entry

आपत्तिजनक अभिव्यक्ति ।

नेपालबाट प्रकाशित हुने प्रमुख नेपाली र अंग्रेजी पत्रिकाका सम्पादकहरुले प्रधानमन्त्री तथा एमाले अध्यक्षका नाममा सामूहिक वक्तव्य जारी गर्दै युवा संघ अध्यक्ष महेश बस्नेतका आपत्तिजनक अभिव्यक्ति र अन्नपूर्ण पोष्टका संखुवासभा संवाददाता किशोर बुढाथोकीमाथि भएको सांघातिक हमलाको विरोध गरेका छन्।
वक्तव्यको पूर्ण विवरण-
मितिः २०६८। ०४। २९
श्री सम्माननीय प्रधानमन्त्री,
नेपाल सरकार,
सिंहदरबार, काठमाडौं।
श्री अध्यक्ष,
नेपाल कम्यूनिष्ट पार्टी (एमाले)
बल्खु काठमाडौं। Read the rest of this entry

अहिले सम्म लिम्बुवान

पुर्वी नेपालमा चल्ने विभिन्न किसीमका यातायातका साधनमा लिम्बूवान राज्य लेखिएको छ । लिम्बूवानका नाममा विभिन्न दुर्इ दर्जन भन्दा वढि समुहहरु सक्रिय छन् । त्यस मध्ये भूमीगत देखी सदनमा पुगेका संगठनहरु छन् । ति संगठनहरुले ऐतिहासीक पृष्ठभूमीको आधारमा आत्मनिर्णय सहित लिम्बूवान राज्य हुनु पर्ने माग गदै आएका छन् । २०२१ सालको भूमीसुधार ऐन लागु सगै लिम्बूहरुको किपट खोसीयो । किपट खोसीए पछि विर नेम्बाङले वि स २०४५ सालमा लिम्बूवान मुत्तिमोर्चा गठन गरेर लिम्बूवानका लागि आवाज उर्ठाईरहेका छन् । २०४६ सालको जनआनदोलन पछि स्व काजिमान कन्दङवले लिम्बूवान समितको १२ वटा संघिय राज्यको खाका सहित जनजाति पार्टि खोले । तर निर्वाचन आयोगले दर्ता गरी दिएन । २०५२ सालमा नेकपा माओवादीले शशस्त्र भूमीगत आन्दोलन शुरु गर्यो । माओवादीले पुर्वमा लिम्बूवानको विषयलाई मुख्य मुद्दा वनाएर आन्दोलन शुरु गर्यो । २०५६ साल पुश २० गते मोरङमा स्व. भत्तराज कदङवाको नेतृत्वमा लिम्बूवान स्वशाशन अध्ययन मन्चको स्थापना भयो । त्यसको एकबर्षपछि सो अध्ययन मन्च २०५७ कार्तिक २७ र २८ गते मोरङमा भूमीगत रुपमा स्व.कदङवाको अध्यक्षतामा लिम्बूवान राष्ट्रिय मुत्तिमोर्चा गठन भयो । भत्तराज कदङवको लिरामो र गोपाल खम्बुको खरामोको संखुवासभाको आखिभुर्इ सम्मेलनमा लिम्बूवान किरात प्रदेशमा विलिन भयो । र धरानमा सम्पन्न भएको दोस्रो सम्मेलनमा किराती राष्ट्रिय मुत्तिमोर्चामा वदललियो । यसले २०६० साल माघ १९ गते किरात प्रदेश सरकारपनि घोषणा गर्यो । गोपाल खम्बु र कदङवा पनि माओवादी जनयुद्धमा लागे ।
संघिय लिम्बूवान राज्य परिषद स्थापना गर्न अगाडि परिषदका अहिलेका अध्यक्ष सन्जुहाङ पालुङवा जनमुत्ति पाटिका पुर्वान्चल अध्यक्ष थिए । पार्टि महासचिव गोरे बहादुर खपाङ्गी मन्त्री भएपछि राजाको हातबाट टिका थाप्न गए । दशै वहिष्कारको आन्दोलन गरिरहका गोरे बहादुर खपाङ्गीले आफैले राजाको हातबाट टिका लगाएपछि पार्टिमा खटपट शुरु भयो । खटपट भईरहेको समयमा २०५८ सालमा काठमाडौमा पार्ष सम्मेलनमा पालुङवाले अधिकार प्राप्तीका लागि आन्दोलन गर्नु पर्छ भन्ने अवधारणा अघि सारेका कारण पार्टिसग उनको सम्बन्ध चिसीन थाल्यो । २०६१ साल माघ १९ को शाहि कदमलाई पार्टिले र्समर्थन गर्यो । अरु ठूला राजनितिक दलले शाहि कदमका विरुद्ध आन्दोलन गरिरहे्को र चुनाव वहिष्कार गरिहेको अवस्थामा जनमुत्तिपार्टिले २०६२ नगर पालिका चुनावमा भाग लिने निर्ण्र्ााका विरुद्ध पालुङवाले खुलेर विरोध गर्न थाले पछि उनलाई पार्टिले निष्काशन गर्यो । २०६३ कार्तिक २७ गते गठित संघिय लिम्बूवान राज्य परिषदको नेतृत्व पालुङवाले गरे ।
२०६२ मंसीर २६ र २७ झापाको विर्तामोडमा भएको भेलाले संघिय लोकतान्त्रिक राष्ट्रिय मन्चको गठन गर्यो त्यसको संयोजक पनि सन्जुहाङ पालुङवा नै भए । दुवै संगठनले लिम्बूवान स्वायत्त राज्यको मागलाई अगाडि सारी आन्दोलन गरे । मन्च, खम्बुवान र परिषद वीच २०६४ साउन २८ गते काभ्रेको धुलीखेलमा पहिलो चरणको वार्ता भयो । दोस्रो चरणको वार्ताका भदौ १२ गते गर्ने भनिएको थियो तर सरकारले आपसमा गृहकार्य आवश्यक भएको भन्दै भदौ १५ गते सारिएको सरकारले औपचारीक पत्र पठायो । तर परिषद, खम्बुवान र मन्चले वार्ता भंग भएको घोषणा गरे । र संविधानसभाको चुनाव अगाडि संघिय गणतान्त्रिक मोर्चाले पुर्वमा २०६४ फागुन ८ गते आम हड्तालको घोषणा गर्यो । सो मोर्चामा तामाङसालिङ, मधेसी जनअधिकार फोरम विश्वास समुह, थारुवान राष्ट्रिय मोर्चा, दलित जनजाति पार्टि, संघिय लिम्बूवान राज्य परिषद, तामाङ सालिङ, माधेसी लोकतान्त्रिक मोर्चा र लोकतान्त्रीक मधेसी मोर्चाले पुर्वमा आन्दोलन गरे । आन्दोलन पछि सरकारसग सरकारसग वार्ता भयो । वार्तामा पाच वुदे सहमति समेत भएकेा छ । सहमति पछि मन्च राजनैतिक पार्टिका रुपमा दर्ता भई चुनावमा समेत भाग लियो । समानुपातीकवाट दुर्इ वटा सिट समेत पाएको छ । राजकुमार नाल्वो र रुक्मीणी चौधरी सभासद रहेका छन् ।
आन्दोलनमा क्रममा कार्यकर्ता वीच विवाद भयो । त्यही विवादका कारण संघिय लिम्बूवान राज्य परिषद दुर्इ टुक्रा भयो । एउटा संघिय लिम्बूवान राज्य परिषदको नेतृप्व कुमार लिङदेनले गरे भने अर्को पालुङले गरे । दुर्इ संगठन वीच पटक पटक वार्ता भयो । परिषद मन्च भातृसंगठन वनाएर लाने भने पनि पछि पालुङ्वाले सो प्रस्ताव अस्किार गरे । लिङदेनले नेतृत्व गरेको परिषद मन्चको भातृसंगठनका रुपमा रह्यो भने पालुङवाले भने परिषद एक्लिएको औपचारीक घोषणा २०६४ मंसीर २४ गते गरे ।
स्वतन्त्र रहेर लिम्बुवान प्राप्तीको आन्दोलन गर्ने वताउने पालुङवा सम्वद्ध परिषको झन्डा प्रयोग गरेको भन्दै मन्च सम्वद्ध संघिय लिम्बूवान राज्य परिषदका कार्यकर्तालाई आक्रमण गरेका थिए । मन्च संवद्ध संघिय लिम्बूवान राज्य परिषदको धरान नगरको वोर्ड र झण्डा पालुङवा पक्षका कार्यकर्ताले झिके पछि दर्ुइ दिन सम्म धरान तनाव ग्रस्त वनेको थियो । प्रहरी प्रशाशनलाई दुर्इ तर्फो विवाद सम्य पार्न तीन दिन लागेको थियो । संघिय लिम्बूवान राज्य परिषद पालुङवा पक्ष र सरकार वीच २०६४ चैत ६ गते वार्ता भई पाच वुदे सहमति भएको थियो । औपचारीक रुपमा विभाजन भएपछि दुवै संगठनले आआफ्नै तरीकाले आन्दोलन गर्न थाले ।
लिम्बूहरुको प्रतिनिधिमुलक संस्था किरात याक्थुङ चुम्लुङले २०६३ जेठ २५- २९ गते दमकमा भएको छैठौ अधिवेशनले आत्मनिर्णयको अधिकार सहित लिम्बूवान स्वायत्त राज्यको स्थापनाको माग गर्यो । त्यसपछि २०६४ भदौ २२ र २३ गते धरानमा भएको लिम्बूवान जातिय स्वयत्त त्तता प्राप्तीको निम्ती राजनितिक अर्न्तक्रिया कार्यक्रममा धरान घोषणा पत्र जारी गदै सम्पुर्ण लिम्बूवान चाहने संस्थाहरुको एउटै सन्जाल निर्माण गर्ने सहमति भयो । सहमतिमा लिम्बूवानका माओवादी सहित १२ वटा राजनैतिक पार्टिका प्रतिनिधि र १८ वटा लिम्बूजन्य संगठनहरुको सहभागिता रहेको

थियो । चुम्लुङका उपाध्यक्ष उत्तम सिं थाङदेनको संयोजकत्वमा समाजिक सन्जाल पनि निर्माण गरिएको थियो । तर त्यो सन्जालले निष्क्रिय भयो । त्यसपछि चुम्लुङको समन्वयमा संयुत्त लिम्बूवान मोर्चा २०६५ साउमा गठन भयो । मोर्चामा एमाले सम्वद्ध लोकतान्त्रिक लिम्बू संघ, नेपाली कांग्रेस, नेकपा माओवादी संवद्ध लिम्बूवान राष्ट्रिय मुत्तिमोर्चा, जनमुत्ति पार्टि संवद्ध लिम्बूवान प्रान्तिय परिषद, एकिकृत सम्बद्ध लिम्बूवान स्वसासीत संघ, लोकतान्त्रिक राष्ट्रिय मन्च संवद्ध संघिय लिम्बूवान राज्य परिषद -कुमार लिङदेन ) विर नेम्बाङको लिम्बूवान मुत्तिमोर्चा, र किरात याक्थुङ चुम्लुङ लगायतका आठ वटा संगठनहरु रहेका छन् । त्यो मोर्चामा पालुङ्वाको संघिय लिम्बूवान राज्य परिषद सहभागि छैन । परिषले २०६५ असार १४ गते पदम अधिकारीको संयोजकत्वमा लिम्बूवान पत्रकार परिषद पनि गठन गरेको छ ।
लोकतान्त्रिक राष्ट्रिय मन्चको विधान अनुसार एक वर्षसम्म मात्र अध्यक्ष रहने प्रवाधान छ । सोही प्रावधान अर्न्तगत कमल छाराहाङको कार्यकाल सकियो र त्यसको अध्यक्षमा डिके वुद्धिष्ट भए । हाल मन्चका अध्यक्ष्ँ लक्ष्मण थारु भएका छन् । त्यसपछि कमल छाराहाङले २०६५ मंसीरमा आदिवासी जनजाति गणतान्त्रीक मोर्चा गठन गरे । त्यमा मन्चका सभासद राजकुमार नाल्बो पनि रहेका छन् । कार्वाहि पछि छाराहाङले परिषदका अध्यक्ष कुमार लिङदेन, मन्चका भुतपुर्व अध्यक्ष डिके वुद्धिष्ट, महासचिव खगेन्द्र माखिमलाई कार्वाहि गरेको विज्ञप्ती निकालीयो । मन्चका सभासद राजकुमार नाल्वो पार्टिको निती विपरित काम गरेको भन्दै पार्टिवाट निष्काशन गरिएको छ । पार्टिले २०६५ जेठ १९ गते नाल्वोलाई सभाषदवाट हटाउन संविधानसभा अध्यक्षलाई निवेदन पनि दिईसकिएको छ ।
लिङदेनकै महासचिव मिसेकहाङले पनि संघिय लिम्बूवान राज्य परिषद क्रान्तीकारी संगठन भरखरै गठन गरेका छन् । किरात याक्थुङ चुम्लुङले अघि सारेको अवधारणालाई र्समर्थन गदै २०६३ साल जेठ २३ गते प्रसाद थेवेको अध्यक्षतामा लिम्बूवान स्वायत्त सरोकार मन्च गठन गरिएको थियो । त्यो मन्च अहिले माओवादीको लिम्बूवान राष्ट्रिय मुत्तिमोर्चासग विलीन भएको छ । त्यसैगरी लिम्बूवानको मुद्धा पुर्वमा उठ्न थालेपछि नेकपा एमाले पनि २०६३ मंसीर २० र २१ गते पाचथरमा सम्मेलन भयो । सम्मेलनमा अरुण पुर्वका क्षेत्र लिम्बूवान हुनुपर्ने माग गदै नेपाल लोकतान्त्रिक किरात लिम्बू संघ गठन गरियो । संघको अध्यक्ष तिल कुमार मेयाङवो रहेका छन् । त्यसैगरी डम्वर लावतीको पल्लोकिरात लिम्बूवान राटि्रय मन्च पनि गठन गरिएको छ । अहिले सो मन्च अस्थित्वमा छैन । पछिल्लो समयमा नेपाली कांग्रेसले पनि लिम्बू संघ गठन गरेको छ । त्यसको अध्यक्ष प्रविण नेम्बाङ रहेका छन् । लिम्बूवान चाहने यी सम्पुर्ण संगठनहरुले एक संयुत्त लिम्बूवान मोर्चा वनाएका छन् ।

Republic Nepal

Jestha 15 gate Garatantra ghosana ko parkhai ma dharan ko bhanu chok ma dipawali gardai dharan basiharu.

Follow

Get every new post delivered to your Inbox.