RSS Feed

तीनजुरेको यात्रा ।

नुनढाकी र गुफाभीत्र विसाएको रात राम्रो लाग्यो
हेर्दा हेदै गुरासको पात राम्रो लाग्यो
गुरासको पात टिपी खाए एक पटकमा
त्यै गुरासले लगाएको मात राम्रो लाग्यो ।
नब्बेसालको भुर्इचालो त होर्इन लाग्थ्यो मलार्इ
त्यै गुरासले उचालेर पछारेको घात राम्रो लाग्यो ।
गुरासको सौन्दर्यलार्इ आखाले हेरेरमात्र नआघाएका खादवारीका साहित्यकार तारा वहादुर वुढाथोकीले गुरास प्रजातीमा पर्ने चिमल चटक्क टिपेर चाखेछन् । सेतो चिमल चाखेका मात्र के थिए उनी गुफामा वेहोसै भए छन । त्यसपछिन गुरासका नाममा वुढाथोकीले माथी उल्खेखित कविता रचिहाले । हास्य कलाकार मनोज गजुलेरले पनि तीनजुरेको गुरासको यौवनलार्इ भमरा झै रस चुसेछन । उनी पनि वेहोस भए छन । सायद हस्यसृङखलामा गजुरेलले पनि यी प्रसंग जोडे होला । यता धरानवाट तेह्थुम महोत्सवलार्इ सफल वनाउन पुगेका पत्रकार जनकऋषि रार्इ भने गुरासको सौन्दर्य क्यामराको लेन्समार्फत कैद गर्ने दिनभरको प्रयास पुरा भएन । म लगायत विकास रार्इ सोहन श्रेष्ठ समेत उनको गुरासको तस्वीर खिच्ने प्रयास गर्यौ तर सफलता हात परेन । साङकेनको माया पाउन नसकेर उजाडीएका पत्रकार राजेस विद्रोही उनको याद मेटाउन गुरासको राजधानी तिनजुरेमा पुगेका पुगे ।
फोटो पत्रकार सोहन श्रेष्ठ विकास रार्इ र रोहीत रार्इ पनि वसन्तपुर आर्इपुगे । पानी परेकाले मौसम निक्कै चिसो थियो । चियाको चुस्कीसगै चीसोलार्इ भुल्ने प्रयास गर्यौ । पातलो लुगामा त्यहा पुगेका सवैजनाको जाडोले चिउडो काम्यो । मेरो हातहरु छुदा पनि थाहा नपाउन भए । हतार हतार ताप्लेजुङ होटलमा गएर मेरा हातहरुलार्इ विस्तारै आगोले सेकाएर ठिक पारे । अझ रोहीत र राजेस दार्इले पानीवाट वच्न वोकेको रेनकोट लगाएर जाडो छल्ने कोसीसमा देखिन्थे । जाडोमा रेनकोट लगाएको भनेर घरी घरी हामीले दुर्इजनालार्इ जिस्क्यउथ्यौ । किटो चप्पल अनी पातलो विन प्रुफ ज्याकेटमा सोहन श्रेष्ठ वसन्तपुर पुगेका थिए ।
औपचारीक कार्यक्रमा छोटो लुगा लगाएर सम्झाना वुढाथोकीको नाचले चीसो मौसम तातो तातो वनाएको थियो । गाउ गाउक दर्शकहरु पानि परे पनि नचलमलार्इ कार्यक्रम हेरीरहे । वुढापाका देखि केटाकेटी दर्शकहरुले कार्यक्रम सकुन्जेल सम्म साथ दिएका थीए । कार्यक्रम सकियो । आयोजकले मिलार्इ दिएको होटल अन्नपुर्णमा हामी भेला भएर फेरी जनकऋषि रार्इको गुरास अनी राजेस विद्रोहीको साङकेनको चर्चा चल्यो । नौ वजीसकेकाले होटल वन्द गर्न प्रहरी आएकाले हाम्रो कुरा पुरा हुन नपाउदै आआफ्नै कोठातीर लाग्यौ तिनजुरे जाने सल्लाह सहित ।
विहान सवैरै गुरास हेर्ने टोली तीनजुर लाग्यौ भने निलिफा सुब्बा अर्जुन शर्मा गोविन्द वस्नेत शुक्रान्त रार्इ र प्रतिक्षा धरान फर्कीए । वैशाख १ गते नै तेह्थुमपुगे पनि गुरास हेर्ने मौका हामीले पाएको थीएनौ । त्यो मौका जुरार्इ दिए महोत्सव आयोजक समितिका महासचिव लक्ष्मण तिवारीले । टुटे देउराली देखि पइदल यात्रा शुरु गर्यौ । फाट्ट फुट्ट गुरासका फूल देख्निन थाल्यो। वाटोभरी फोटो खिच्ने होड नै चल्यो । टुटे र ढुडपानी वीचमा अजंगको पहाड छ जुन रक क्लार्इम्बिङको लागि सम्भाव्यता अध्यायन समेत गरिसकिएको भन्ने थाए पाए । ठिङग उभिएको सो पहाडको अगाडी उभीएर हामीले पनि तस्विर खिच्यौ । पर्यटकिय सम्भावनाका विषयमा छलफल गदै गर्इयो । साथमा तीनजुरे मिल्ले क्षेत्रमा करिव १० वर्ष सम्म काम गरेका मिन दाहाल र सुचना प्रविधिसग नजिक रहेका सन्जय निरौला पनि थिए । तस्विरमा गुरासलार्इ कैद गदै गदै घुरमिसे पुगियो । घुरमिसेमा चियाको चुस्की लिएर पाथिभरा मन्दिर तिर लाग्यौ । त्यहा दर्शन गर्ने भिड थियो । अधिकांशले फुलमा गुरास र मनकामना पुरा गर्न परेवा चढाउदा रहेछन । चिसोको कारण परेका मरेका भेटिए । परेवाका वच्चाहरु त झन वाच्ने नसक्ने रहेछ । भुर्इभरी परेवा मरेको देख्दा मेरो मन अमिलो भो । तर पनि एकै छिनमा घाम लाग्ने छिन मै वादलले छपक्कै ढाक्ने त्यो कवार्इटारको नागी डाडाको सुन्दरताले अमिलो मनलार्इ विर्साउन सहयोग गर्यो । मिन दाहालका अनुसार करिव २९ सय मिटर उचार्इमा रहेको त्यो कवार्इटारबाट विश्वकै अग्लो सगरमाथा मकालु कचंजंघा कुम्भकर्ण हिमाल अनी तरार्इ सम्म फाट देखिन्छ । बादलले पुरै ढाकेको कारण हामीले भने त्यो दृष्य हेर्न पाएनौ । पानीको अभाव भएको त्यो कवार्इटारमा स्वास्थ्यका लागि खाने पानि नेवाले कुहिरोवाट पानि संकलन गर्ने प्रविधिका बनार्इ दिएको रहेछ । हेलचेक्रार्इको कारण होला दुर्इवटै पर्दा च्यातिएको छ। माल पाएर पनि चाल नपाएको हालत भएको रहेछ ।
हामी तिनजुरे तीर अघि वढ्यौ । जादा जादै वाटोमा गुरासका थुप्रै फुल टिपेको अवस्थामा भेटियो । रोहीत रार्इ सन्जय निरौला राजेस विद्रोही विकास रार्इ र मैले गुरासको फुललार्इ पाना आकार वनार्इ दियौ । पानाको वीचमा वसेर सवैले पालै पालो फोटो खिच्यौ। झोला वोकेर पुन तीनजुरे तीर जादा जादै साथी विकास र रोहीतले नारायण गोपाले गाएको म त लाली गुरास भएछु । वनैभरी फूली दिन्दु मनै भरी फूली दिन्छु ‌भन्ने गीत गए । मैले पनि साथ दिए । बास्तवमा हामी सवैको मनमा गुरास वसेको थियो । कसैको मनमा प्रेमी वनेर वसेको थियो भने कसैको मनमा प्रमीका वनेर वसेको थियो । गुरास हामी सवैको लागि प्रतिकात्मक फूल वनेको थियो । पत्रकार भैरव आङ्लाले गुरासको फूललार्इ आफ्नो भिडियो क्यामरामा कैद गरेका थिए । जनकऋषि रार्इले भने मनभित्रको एकान्त कुनामा गुरासलार्इ सजाएका थीए । त्यो सान्त चिसो मौसम अनी सफा हावाले भरीपुर्ण त्यो ठाउ गुरासको फुलले ढकमक्क भएको बनमा पत्रकार सन्तोष भार्इ र गिताको जोडी सवैका निम्ती डाहलाग्दो थियो । अङगेरी वुट्यानमा फलेको याङवेन देखेर मेरो त जिव्रो रसायो । टिपेर वोकु वोकु लाग्यो । समुहमा हिड्ने हामी सवै जनाले गुरासलार्इ नोक्सान गरेनौ । अन्य घुम्न जानेहरुले गुरासको फुल चुडेर गाडिभरी हातभरी वोकेका भेटिए तर हामी भने उसको सौन्दर्यलार्इ नाङगो आखाले भ्यार्इन्जेल हेर्यौ र साथमा तस्वीर खिचेर ल्यापटपमा सुरक्षित राखेका छौ ।
पाच पोखरी सम्म मोटरवाटो पुगेको रहेछ । पाच पोखरीमा गुरासको जुस वनिदो रहेछ । विक्रि पनि राम्रै हुदोरहेछ । पाच पोखरीमा पहिला पाचवटा पोखरी थियो रे तर ९० सालको भुकम्पका कारण पोखरी पानी सुकेको स्थानीयवासी रमेश वुढाथोकीले वताए । वाकी रहेको पोखरीहरुपनि कच्ची सडकको ट्राक वनाउदा पुरीएको उनको भनार्इ छ । खानेपानीको समस्या भएको पाच पोखरीमा पनि कुहिरोवाट पानि संकलन गर्ने प्रविधि वनार्इएको रहेछ । त्यसवाट केही महिना चाहि पानिको सुविस्ता हुदोरहेछ। करिव ६ घण्टाको तिनजुरे यात्रा रमार्इलो भो । साथी भैरव आङलाले यो हाम्रो यात्रामा सहभागि हुने अवसरको पुलको काम गरेका थिए । गह्गो मन लिएर धरान फर्के हामी म्याङलुङ तीर हानीयौ । पुग्दानपुग्दै म्याङलुङका पत्रकार भार्इहरु मनोज लिम्बू प्रविण श्रेष्ठ र कृष्ण विदुखिको सत्कारका कारण करिव साढे एकघन्टाको गाडिको यात्रामा पाएको दुख भूलियो । गुरासको यादले हो कीन हो कुन्नी जनकऋषिलार्इ निक्कै थकार्इ लाग्यो की के भो उनी त पुग्नेसाथ दिउसो नै निदाए । सायद विपनामा भेट्न नसकेको उनको गुरासलार्इ सपनीमा भेट्न मनलागेकाले हुनसक्छ ।

राताम्ये गुरास ।

तीनजुरेको त्यो नागीको सुन्दरता फोटो खिच्दाको मजा नै वेग्लै हुन्छ ।

तीनजुरेको त्यो नागीको सुन्दरता फोटो खिच्दाको मजा नै वेग्लै हुन्छ ।

पत्रकार भैरव आङ्ला र सन्तोस काफ्ले ।

गुरास वनको सुन्दरता क्यामरामा कैद गदै पत्रकार भैरव र सन्तोस ।

About Mademba's Blog

Sita Mademba Reporter,BBC Nepali Service

Leave a comment